तीन प्रदेशमा ठूलो पानी पर्ने सम्भावना

काठमाडौं/ देशका धेरै ठाउँमा रातिदेखि नै पानी परिरहेको छ । दार्चुला, डोटी, अछाम, बाँके, दाङ, पर्वत र जाजरकोटमा गएराति ठूलो पानी परेको हो । काठमाडौं उपत्यकासहित देशका अरू ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही भागमा भारी वर्षाको सम्भावना छ ।
त्यसैगरी, राति कोशी र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव बढेसँगै मुलुकका केही भागमा मनसुन केही सक्रिय भएको छ । मनसुन न्यूनचापीय रेखाको सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।