नेपाल चिकित्सक संघ काभ्रेको तदर्थ समितिमा प्रा.डा. सुविन्द्र कार्की
केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्की लगायतको टिमले सुविन्द्र कार्की लगायतको टिमलाई बधाई तथा शुभकामनाका साथ एक वर्ष अवधीमा पहिलो अधिबेशन आयोजना गर्ने गरी संगठन विस्तारका कार्यमा सक्रिय हुन सुझाव दिए । केन्द्रिय अध्यक्ष डा.अनिलविक्रम कार्कीले चिकित्सकहरुको पेशागत हक हित र अधिकारका लागि संगठनले खेल्ने भूमिका महत्वपूर्ण हुने बताउँदै संघले सरकारकाका निकायलाई पनि सहयोग पु¥याउने बताए । ‘आफ्नो पेशा र ब्यवसायसँगै चिकित्सकहरुले समाज र राष्ट्र प्रतिको दायित्वलाई भुल्ने छैनन’–अध्यक्ष कार्कीले भने–‘संगठनमा रहेर संस्थागतका साथै क्षमता अभिबृद्धी, हक हित र मुलुकको हितका लागि ध्यान दिनेछौं ।’ विरगञ्जमा देखिएको महामारीजन्य रोगमा चिकित्सकहरुको सक्रियता रहेको बताउँदै अध्यक्ष कार्कीले मुलुकमा आएका ठुला ठुला स्वास्थ्य बीपत्तिमा पनि उत्तिक्कै सक्रियता देखाएको बताए ।
कार्यक्रममा बनेपा नगरपापिलका उपप्रमुख विमला सापकोटाले चिकित्सकहरुले पेशागत धर्म र इमान्दारीतालाई कायम राख्न संघ र संघमा आवद्ध सदस्यहरु सक्षम हुने बताईन् । स्थानीय सरकारको तर्फबाट आवश्यक सहयोग र समन्वयमा केन्द्रित हुने उनले बताईन् । कार्यक्रममा केन्द्रिय उपाध्यक्ष डा.प्रकाश बुढाथोकी, महासचिव डा.सञ्जिव तिवारी, सह कोषाध्यक्ष एवं बागमती प्रदेश संयोजक डा.विक्रम ढकाल, इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख डिएस्पी रामेश्वर त्वाँटी, शिर मेमोरियल अस्पतालका मेडिकल अधिकृत डा.एन्जिला बस्नेत, तदर्थ समितिका अध्यक्ष प्रा.डा. सुविन्द्र कार्की लगायतले नेपाल चिकित्सक संघका विषयमा धारणा राखेका थिए । तदर्थ समितिका अध्यक्ष कार्कीले जिल्लामा कार्यरत एक हजार भन्दा धेरै चिकित्सकहरु, मेडिकल हब काभ्रेमा स्वास्थ्य सेवा, पेशगत हक र नागरिकहरुका अधिकारका बारेमा समेत संघले कार्य गर्ने बताए ।






