खोलाले बगाएकी बालिकाको पहिचान, भोटेकोशीमा बगेका दर्जी फेला परेनन्
तस्वीर : एआईबाट
बनेपा /भोटेकोशी नदिमा वेपत्ता भएका भुम्लु ८ का २३ बर्षिय महेश दर्जी अझै बेपत्ता छन् । कुकुरलाई भोटेकोशी नदिले बगाएको खवर पाएसँगै उनी कुकुर बचाउन जाने क्रममा बगेका थिए । दर्जीको खोजीकार्य भईरहेको छ । भुम्लु गाउँपालिका ८ दुलालेश्वर मन्दिर नजिकै भएको उक्त घटनामा भुम्लु १ रिठ्ठे घर भएका महेश दर्जी बगेका हुन् । भदौ १२ गते विहिबार उक्त घटना भएको हो ।
त्यस्तै पनौती नगरपालिका वडा नम्वर १२ र ८ को सिमाना डिगाउँ स्थित विहावर खोलाले भक्तपुर सुर्यविनायक नगरपालिका वडा नम्वर ८ नैचाल बस्ने ९ बर्षिया रसमु तामाङलाई बगाएको थियो । खोलाले बगाएको बालिकाको शव स्थानीयहरुले पनौती नगरपालिका वडा नम्वर १२ र ८ को सिमाना डिगाउँमा फेला पारेका थिए । शवको पोस्टमार्टम हुँदैछ ।





