बेलर एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत, कक्षा १२ उर्तिणलाई बधाई तथा शुभकामना

by | भदौ १४, २०८२

बेलर एकेडेमीमा नवआगन्तुक विद्यार्थीको स्वागत, कक्षा १२ उर्तिणलाई बधाई तथा शुभकामना

बनेपा/बनेपामा रहेको बेलर इन्टर नेशनल एकेडेमीले कक्षा ११ मा भर्ना भएका नवआगन्तुक विद्यार्थीहरुलाई स्वागत गरेको छ । साथै कक्षा १२ भर्ना भएका विद्यार्थीहरुलाई फेरी भेटौला कार्यक्रम आयोजना गरी उर्तिण भएकोमा बधाई तथा शुभकामना ब्यक्त गरेको छ ।

काठमाडौ विश्वविद्यालयका उपकुलपति प्रा.डा.अच्युत वाग्लेको प्रमुख आतिथ्यता तथा अध्यक्ष भोला थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्याब्सनका केन्द्रिय उपमहासचिव भिमसेन केसी, युवा ब्यवसायी होमप्रसाद घिमिरे, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष विनोद न्यौपाने, एल्मुनाई एशोसिएसनका अध्यक्ष दिपक कायश्थ, ईलाका प्रहरी कार्यालय काभ्रेका डिएस्पी रामेश्वर त्वाटी, विद्यालय प्रिन्सिपल इन्दु थापा लगायतले विद्यालयले शैक्षिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए ।

कार्यक्रममा बोल्दै उपकुलपति प्रा.डा.अच्युत वाग्लेले जेनजी पुस्ताले सिक्नु पर्ने विषय, ज्ञान र सिपका बारेमा जानकारी गराउँदै गुणस्तरीय शिक्षा तथा रोजगारका लागि +२ सक्ने वितिक्कै विदेशिनु आवश्यक नरहेको बताए । ‘नयाँ पुस्ता खोज र अनुसन्धानको जिज्ञासु छ’–प्रा.डा.वाग्लेले भने–‘एआई जस्ता प्रविधिहरु भित्रिसकेको अवस्थामा नयाँ पुस्ताको सोच, खोज र विकास उन्नत हुन आवश्यक छ ।’ बेलर एकेडेमीका अध्यक्ष भोला थापाले विद्यालयले मन्टेश्वरी देखि क्याम्पस तहसम्मका विद्यार्थीहरुलाई नैतिकवान, चरित्रवान, सामाजिक र देशका लागि आवश्यक पर्ने जनशक्तिका साथै गुणस्तरीय शिक्षा प्रदान गर्ने वातावरण सिर्जना गरेको बताए । उपत्यकासँग जोडिएको जिल्ला काभ्रेपलाञ्चोकमा कम शुल्कमा पर्याप्त मात्रामा सुविधा सहितको शिक्षामा ध्यान दिएको उनले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता थियो । उत्कृष्ट विद्यार्थीहरुलाई विशेष सम्मान गरिएको कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रमको आयोजना गरेका थिए ।