भदौ २९ देखि दशैँका लागि सुकिला नोट वितरण गरिने

काठमाडौं/नेपाल राष्ट्र बैंकले भदौ २९ गतेदेखि  सर्वसाधारणलाई नयाँ नोटको सटही सुविधा दिने  भएको छ । राष्ट्र बैंकले आधिकारिक सूचना अझै जारी नगरे पनि भदौ २९ बाट दिने गरी तयारी गरिएका राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन् ।

२९ गतेबाट सर्वसाधरणलाई दिनका लागि बैंकहरूले भदौ २६ गते नयाँ नोट पाउने छन्। सर्वसाधारणले प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँ बराबरको नयाँ नोट सहटी सुविधा पाउनेछन्।  

प्रतिव्यक्ति पाँच रुपैयाँदेखि एक सय रुपैयाँसम्मको १/१ बन्‍डल नयाँ नोट दिइने छ । गत वर्ष पनि राष्ट्र बैंकले १८ हजार रुपैयाँको सीमा तोकेको थियो ।

बैंक तथा वित्तीय संस्थाले भने राष्ट्र बैंकबाट दुईदेखि पाँच करोड रुपैयाँसम्म नयाँ नोट सटही सुविधा पाउनेछन्।दसैंका लागि मात्रै राष्ट्र बैंकले १० देखि १३ अर्ब रुपैयाँको नयाँ नोट बजारमा पठाउने गरी तयारी गरेको छ। सर्वसाधरणले राष्ट्र बैंकको कार्यालयका साथै बैंकहरूका ब्रान्चहरूबाट समेत नयाँ नोट पाउने छन् ।