राष्ट्रवाद र केपी ओली
नेपालमा यतिबेला राष्ट्रवादको बहस उत्कर्षमा छ । विश्वविद्यालयहरूदेखि सामान्य चिया पसलसम्म यसै विषयमा बिभिन्न खालका विचार विमर्श जारी छ । चाहे त्यो कोरोना महामारीको जटिल र चुनौतीपूर्ण घडीको समय होस् वा पछिल्लो समयको छिमेकी राष्ट्र भारतले नेपालका भूभागहरू आफूतिर राखेर नक्सा बनाएपछिकै सन्दर्भ किन नहोस्, नेपालीहरुमा राष्ट्रवादको पारो चढिरहेको छ । दक्षिण एसियामै पूरानो पुरानो राष्ट्र नेपालको आत्मसम्मानमा गहिरो ठेस पुगेको छ । नेपाली जनतामा स्वाभिमानको लडाइँ लड्ने जागरुकता वढ्दै गएको छ ।
संसारमा भएका राष्ट्रवादका लडाइँका आआफ्नै ऐतिहासिक कारण र आधारहरु रहेका छन् । तथापि लडाइँको तात्पर्य र निष्कर्ष समान छ । जुनसुकै कारणले लडिएको भए पनि यसको गन्तव्य एकै छ । आज म यसै विषयमा सामान्य चर्चा गर्न गैरहेको छु । संसारमा राष्ट्रवादको धेरै लामो गाथा छैन । उन्नाइसौँ शताब्दीमा युरोपका राष्ट्रहरूमा र बिसौँ शताब्दीमा एसियाली राष्ट्रहरूमा यसको औचित्य स्थापित भएको हो । खासगरी प्रथम विश्वयुद्धका माध्यमबाट संसारका एकसे एक शक्तिशाली राष्ट्रहरूले आफ्नो साम्राज्य विस्तारको दौरानमा औपनिवेशिक शासन झेल्न बाध्य भएका मुलुकका नागरिकमा विकसित राजनीतिक चेतनाले नै राष्ट्रवादको लडाइँमा नुतन आयाम प्रदान गरेको हो । यद्यपि अमेरिकी स्वतन्त्रता सङ्ग्रामको पुरानो अनुभवले यस लडाइँको जग हालिसकेको थियो । सँगसँगै फ्रान्सेली क्रान्तिले भरेको युगीन चेतनाले समेत अभिप्रेरित गरेको थियो ।
दोस्रो विश्वयुद्ध पश्चात धेरै देशहरूमा स्वतन्त्रता बहाली भयो अर्थात अनेकौँ देशहरूमा औपनिवेशिक शासनको अन्त्य भयो । हाम्रै छिमेकी भारतले पनि सन् १९४७ मा मात्र ब्रिटिस साम्राज्यबाट मुक्ति पाएको हो । दक्षिण एसियामा नेपाल बाहेकका सबै जसो राष्ट्रसँग औपनिवेशिक दासताको लामो अनुभव छ । नेपालकोे सौभाग्य भन्नु पर्दछ कि बेलायत, फ्रान्स, स्पेन, जर्मनी, इटाली, पोर्चुगल लगायतका परम्परागत साम्राज्यवादी राष्ट्रहरूले विश्वव्यापी रूपमा चलाएको औपनिवेशिक शासनको अनुभव यसले झेल्नु परेन ।
भूगोल राष्ट्रवादको प्राथमिक र आधारभूत तत्व हो । यसको अभावमा राष्ट्रवादको यात्रा प्रारम्भ नै हँुदैन । एउटा निश्चित भूगोललाई आधारित र सङ्गठित गरेर नै कुनै पनि राष्ट्रको उदय हुने गर्दछ । एक प्रकारले भूगोलको रचनाले नै राष्ट्रवादी भावनाको उत्पत्ति गराउँछ र त्यहाँका बासिन्दाहरूमा एकताको सूत्र तयार गर्दछ । साँच्चै भन्ने हो भने एउटा निश्चित भूगोलप्रतिको नागरिकको निष्ठा र बफादारीता नै राष्ट्रवाद हो । भूगोलको ऐतिहासिक निरन्तरताले त्यस भूगोलप्रति पैदा हुने गहिरो ममत्व नै राष्ट्रवाद हो । अब प्रश्न उठ्छ, के भूगोल आफैमा राष्ट्रवादको पर्याय हो त ? बिल्कुलै होइन, यो एउटा प्रमुख तत्व मात्र हो । कतिपय अन्य तत्त्वहरूको संयोजनले मात्र राष्ट्रवादले पूर्णाङ्ग प्राप्त गर्दछ । अब ती तत्वहरूको बारेमा थोरै मनन् गरौँ ।
राष्ट्रवादको अर्को महत्वपूर्ण तत्व हो नागरिक । भूगोलमा नागरिक अस्तित्व या उपस्थितिले मात्र राष्ट्रवादको जग तयार हुन्छ । आखिर भूगोल भन्नु जमिन, जल र वनस्पति हो । यसैमा पहाड, हिमाल, नदी, जङ्गल, खनिज, पशुपन्छी सबै पर्दछन् । यी बस्तु मानव अस्तित्वका निम्ति अपरिहार्य छन् र मानिसहरू यसैका निम्ति र खासगरी यसको सुरक्षाका निम्ति ठूला ठूला लडाइँ लड्छन् । मानिस अर्थात नागरिक आवश्यकताकै कारण भूगोलको महत्व रहेको हो । त्यसैले कुनै पनि राष्ट्रको निश्चित क्षेत्रमा बसोबास गर्ने नागरिकहरूको समष्टिगत क्रियाकलाप नै राष्ट्रवादको ठोस प्रमाण हो । यतिले मात्र राष्ट्रवाद पूर्ण हुँदैन । त्यहाँ बस्ने नागरिकहरूको पहिचान अर्थात् जातजाति राष्ट्रवादको अर्को महत्वपूर्ण तत्व हो ।
मानव जातिको उत्पत्तिसँगै आएको खास खास जाति र नश्लको इतिहास छ । यो मानव अस्तित्व सँगसँगै आएको तत्त्व हो । यसले आफ्नो पहिचान खोज्छ नै । यस पहिचानले राष्ट्रवादलाई पोषण प्रदान गर्दछ । नागरिक समुदायको स्वजाति पहिचानको संरक्षण राष्ट्रवादको महत्वपूर्ण आधार हो । एउटा भूगोलभित्र नागरिक र नागरिकहरूको प्राकृतिक अस्तित्वको जगेर्ना राष्ट्रवादको अपरिहार्य तत्व हो ।
यसैगरी नागरिकको बोल्ने भाषा र त्यसले उत्पन्न गराएको भावनात्मक सम्बन्ध राष्ट्रवादको अर्को आधार हो । भाषा र पछि भएको लिपिको विकासले मानव जातिको विकासमा ठूलो योगदान पुर्याएको छ । साँच्चै भन्ने हो मानव सभ्यताको समृद्धिको प्रमुख कारणमध्ये भाषा महत्त्वपूर्ण छ । यसको विकासपछि नै पुर्खाहरूको अनुभव र सीपलाई मानिसले पुस्तान्तरण गर्न सक्यो । नयाँ र अझ नयाँ सभ्यता परिष्कृत र समृद्ध हँुदै गयो । पुरानो पुस्ताद्वारा आर्जित, संरक्षित र हस्तान्तरित ज्ञानको माध्यम नै भाषा थियो र विभिन्न समुदायको सम्पत्ति समेत बन्न पुग्यो । तसर्थ भाषा राष्ट्रवादको प्रमुख आधार हो ।
मानव जातिको उत्पत्ति र विकासक्रमको लामो अन्तरालमा धर्मको उदय भएको हो । सनातन धर्मको अभ्युदयको तिथिमिति बताउन गाह्रो छ तर अरू धर्मको इतिहास तीन हजार वर्ष पनि पुगेको छैन । तर मानव समाजमा धर्मको सर्वाधिक प्रभाव रहेको छ । वैदिक कालदेखि सामन्तवादी युगसम्म राष्ट्र सञ्चालनमा धर्मको निर्णायक प्रभाव थियो । धर्माधिकारीहरू आदेशलाई ईश्वरको आदेश सरह मानिन्थ्यो र त्यो अकाट्य हुन्थ्यो । यसको गहिरो प्रभाव समकालीन समाजमा पनि छ । त्यसैले धर्म राष्ट्रवादको महत्त्वपूर्ण आधार हो । यसलाई नजरअन्दाज गर्न मिल्दैन ।
यसैगरी राष्ट्रवादका आधारहरू केलाउँदै जाँदा नागरिकहरूको जीविका अर्को महत्त्वपूर्ण तत्व हो । एउटा भूगोलभित्र बसोबास गर्ने नागरिकहरूको बाँच्न पाउने अधिकार र त्यसको तर्कपूर्ण आधार सिर्जना गर्ने काम राज्यको हो । यही शर्तमा राज्यको निर्माण भएको हो । कुनै पनि राष्ट्रले आफ्ना नागरिकलाई सहजै बाँच्न सक्ने सामथ्र्यको तर्जुमा गरिदिनु पर्दछ र विकल्पहरू उपलब्ध गराइदिनु पर्छ । यस मामलामा राज्यले उदासीनता देखाउन थाल्यो भने त्यहाँ बलियो राष्ट्रवादको कल्पना गर्न सकिँदैन । सधैँभरि भोको पेट र नाङ्गो आङले राष्ट्रवादको गीत गाउन नागरिक तयार हुँदैन । उसले आफूमाथि राज्यको दुव्र्यवहार ठान्छ र कहिलेकाहीँ विद्रोह उत्पन्न हुन्छ । यो स्वाभाविक प्रक्रिया हो ।
शासन प्रणाली या राजनीतिक व्यवस्था राष्ट्रवादको अर्को मूख्य आधार हो । संसारमा धेरै किसिमका शासन प्रणालीहरू पाइन्छन् जसमध्ये उत्तम शासन प्रणाली भएको राष्ट्रमा नै राष्ट्रवाद फस्टाउँछ । विश्वमा भएका प्रयोगहरूको अनुभवका आधारमा लोकतान्त्रिक शासन प्रणाली सर्वोत्कृष्ट राजनीतिक प्रणाली हो । यसका पनि कमजोरी छन् तथापि योभन्दा उन्नत शासन प्रणाली अहिलेसम्म फेलापरेको छैन । त्यसैले लोकतन्त्रमा राष्ट्रवाद फस्टाउँछ । धार्मिक, सैनिक वा अन्य एकदलीय तानाशाही शासन प्रणाली भएका मुलुकमा सार्थक राष्ट्रवादको अभ्यास हुन सक्तैन ।
उपरोक्त चर्चाले राष्ट्रवादको सन्दर्भमा पूर्ण व्याख्या त पुग्दैन तर हामीले देखेका भोगेका विभिन्न देशहरूमा अभ्यास गरिने राष्ट्रवाद नितान्त अधुरो छ । भूगोलबाट सुरु भएको राष्ट्रवाद भूगोलमै टुङ्गिन्छ । यो विल्कुल खोक्रो राष्ट्रवाद हो । आफ्ना नागरिकको सन्तुष्टि नझल्कने राष्ट्रवादको भविष्य पनि हुँदैन । गरिबी, जातीय विभेद र असमान आर्थिक वितरण प्रणाली कायमै राखेर अगाडि बढेको राष्ट्र कहिल्यै लोककल्याणकारी हुन सक्तैन । हाम्रो देश बन्यो तर नागरिकका आकाङ्क्षालाई सम्बोधन गर्नमा धेरै कमजोरी गर्दै आयो । त्यसैले नेपालको राजनीतिक द्वन्द्व चरणबद्ध रूपमा अघि बढ्यो जुन आज पर्यन्त छ । यहाँको राष्ट्रवाद पूर्ण विकसित हुन पाएन । सत्ताधारीहरूले आआफ्नो अनुकूलतामा प्रयोग गरे । तसर्थ आज पनि हामी यो लडाइँ लड्नुपर्ने अवस्थामा छौँ ।
त्यसैले भनिन्छ, इतिहासले अवसर उपलब्ध गराउँदछ, हामीले त्यसको उपयोग गर्न जान्नुपर्छ र सक्नु पनि पर्छ । वर्तमानको सङ्कट हाम्रा लागि इतिहासले उपलब्ध गराइदिएको सुनौलो अवसर हो । हाम्रो भूगोलको रक्षा अहिलेको प्राथमिक कुरा हो भने वास्तविक राष्ट्रवादको लडाइँको प्रस्थानबिन्दु हो ।
नेकपा एमालेका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी ओली लोकतन्त्रका अभियन्ता हुन् । केपी ओलीलगायत एमालेका नेताहरुले पंचायती व्यवस्था र राजतन्त्रको उन्मुलनको लागि आफ्नो जीवनको महत्वपूर्ण कालखण्ड कालकोठरीमा बिताएका छन् । जनयुद्ध नामक तथाकथित वर्वरतापूर्ण आतंकको प्रतिरोध गरेका छन् । वर्तमान संविधान निर्माणमा महत्वपूर्ण भूमिका खेलेका छन् । यसको प्रतिरक्षाको लागि निरन्तर लडिरहेका छन् । संविधानमा सत्ता हस्तान्तरणको बाटो प्रष्ट नदेखिए तापनि वहुमत गुम्ने बित्तिकै सहजताका साथ हस्तान्तरण गरेका छन् । सप्तरी, सर्लाहीमा बसेर मेचीदेखि महाकालीको सम्पूर्ण तराई मेरो हो भन्नेहरुका विरुद्ध लडिरहेका छन् । देशमा लोकतन्त्र स्थापनाको लागि महत्वपूर्ण भूमिका खेलेका छन् । पार्टीभित्र पनि लोकतान्त्रीकरणको मुद्दा उठाएका छन् । राष्ट्रियताको कुरा मात्र होइन, लोकतन्त्रको कुरा पनि त्यति नै गरेका छन् । लोकतन्त्र बेगरको राष्ट्रियता फासीवादमा रुपान्तरित हुन्छ । लोकतन्त्रको माध्यमबाट व्यक्त राष्ट्रियतामात्र दीगो हुन्छ । नेकपा एमालेले त्यही गरेको छ । त्यसैले के बुझ्नुपर्छ भने नेकपा एमालेले अघिसारेको राष्ट्रवाद हो । यो देशलाई सार्वभौम बनाउने, लोकतन्त्रलाई बलियो बनाउने र न्यायपूर्ण र समृद्ध समाज निर्माण गर्ने बाटो हो । प्रगतिशील राष्ट्रवाद हो । लोकतन्त्र र राष्ट्रियता अर्थात देशप्रेमलाई सँगै जोड्यो भने नेकपा एमालेका अध्यक्ष केपी ओलीको सपना र समउृद्ध नेपाल सुखी नेपालीको सपना पूरा हुन्छ ।
पछिल्लो समय लिपुलेक क्षेत्रको भूभाग नेपालमा पर्ने दाबी पुष्टि नभएको र ऐतिहासिक तथ्य तथा प्रमाण नभएको भारतीय विदेश मन्त्रालयको प्रतिक्रिया खण्डन गर्नका लागि नेपालसँग पर्याप्त आधार रहेको छ । नेपालले आफ्नो दाबी गर्दै आएको भारत र चीनसँग जोडिएको त्रिदेशीय सीमाबिन्दुलाई व्यापारिक नाकाका रूपमा प्रयोगमा ल्याउने भारत र चीनको सहमतिपछि नेपालले महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भूभाग रहेको ऐतिहासिक दस्ताबेजहरु एथेष्ट छन् । सीमाविज्ञ तथा अध्येताहरूले सुगौली सन्धि, ब्रिटिश उपनिवेशकालीन नक्सा र पुराना चिठीपत्रसहितका तथ्यका आधारमा यो क्षेत्र नेपाली भूभाग रहेको प्रमाण जुटाउन सकिने बताउँदै आएका छन् । यसको लागि सुगौली सन्धि नै सबैभन्दा महत्वपूर्ण र पहिलो आधार हो ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको दुईपक्षीय भेटका क्रममा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच हालै भएको सहमतिका विषयमा आपत्ति व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीन र भारतबीच हालै उक्त विषयमा सहमति भएको विवरण आएपछि नेपालको सदनमा पनि त्यसलाई लिएर असन्तुष्टि व्यक्त भएका थिए । भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान सहितको दाबीप्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको जनाएको छ ।
चीनको विदेश मन्त्रालयले उक्त प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँगको दुईपक्षीय भेटका क्रममा लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच हालै भएको सहमतिका विषयमा आपत्ति व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । चीन र भारतबीच हालै उक्त विषयमा सहमति भएको विवरण आएपछि नेपालको सदनमा पनि त्यसलाई लिएर असन्तुष्टि व्यक्त भएका थिए । भ्रमण दलमा रहेका परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलाई उद्धृत गर्दै प्रधानमन्त्रीको सचिवालयले नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडान सहितको दाबीप्रति आफ्नो फरक मत नरहेको र सोबारे नेपाल र भारतबीचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेको जनाएको छ । पटक पटकको राष्ट्रवादी अडान यस पटकको चीन भ्रमणमा चिनीय राष्ट्रपतिसंग उनले राखेको स्पष्ट धारणाबाट के भन्न सकिन्छ भने केपी ओली नेपालको एक सशक्त अडान सहितको राष्ट्रवादी प्रधानमन्त्री हुन् ।





