पालिकासम्मै हीरक जयन्ती संयन्त्र विस्तार गर्ने विद्याको तयारी
सत्तारुढ नेकपा एमालेमा विशेषगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णयले आन्तरिकरूपमा तरंग ल्याएको छ ।
यस निर्णयप्रति असन्तुष्टि जनाउँदै भण्डारी पक्षधरका नेताहरूले फरक दस्ताबेज ल्याउने तयारी गरिरहेका छन्, जसले आसन्न विधान महाधिवेशन र बैठकहरूमा थप ध्रुवीकरण बढ्ने देखिएको छ ।
पछिल्लो केन्द्रीय समिति बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय भएपछि यो विवाद चुलिएको हो ।
पार्टीले विधि, प्रक्रिया र परम्परा मिचेर निर्णय गरेको र एमालेको मूल सिद्धान्त मानिएको मदन भण्डारीको जनताको बहुदलीय जनवाद (जबज) माथि नै नेतृत्वबाट प्रहार भइरहेकोमा यसप्रति नेताहरू फरक प्रतिवेदनको तयारीमा जुटेका हुन् ।
उनले आफूलाई एमालेको सदस्यका रूपमा निरन्तर लागिरहने बताएकी छन् । उनको यो सक्रियताले पार्टीभित्रको शक्ति सन्तुलनमा उतारचढाव ल्याएको छ ।
‘मदन भण्डारीको हीरक जयन्ती मूल व्यवस्थापन समिति’ मार्फत् जबजबारे बहस केन्द्रित गर्न देशव्यापी तयारी गरिएको छ । उनको यो अभियानमा एमालेका नेता(कार्यकर्ताहरू देखिएका छन् ।
समितिलाई जिल्ला–जिल्लामा विस्तार गर्ने योजना बनिरहेको समितिका एक सदस्य बताउँछन् । त्यस्तै मदन भण्डारी फाउण्डेसनको तल्लोस्तरका संरचनालाई पनि आवश्यकताअनुसार गठन, पुनर्गठन गरी चलायमान बनाउने गरीको तयारी छ ।






