अपाङ्गता पहिचान र न्यूनीकरणमा सहयोग पुर्‍याउन समझदारी

by | भदौ १६, २०८२

अपाङ्गता पहिचान र न्यूनीकरणमा सहयोग पुर्‍याउन समझदारी

अपाङ्गता समावेशी सम्वन्धी सूचनामुलक जानकारी प्रसारण तथा प्रकाशन गर्ने तथा अपाङ्गता न्यूनीकरणमा सहयोग पु¥याउने उदेश्यले प्राईम एफएम १०४.५ मेगाहर्ज र अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र, बनेपा बीच समझदारी भएको छ ।

शारीरिक अपाङ्गता सम्वन्धी अस्पतालले प्रदान गरिरहेको सेवाः अपाङ्गता भएका बालबालिकाहरुको पहिचान, उपचार, शल्यक्रिया, पुर्नस्थापना, फिजियोथेरापी, सहायक सामग्री, कृत्रिम अंग तथा सामाजिकीकरण, अपाङ्गता सम्वन्धी सचेतना मुलक सामग्री, सम्वन्धी उत्पादन, प्रकाशन तथा प्रसारण गरिनेछ ।

अस्पतालका प्रमुख प्रशासकीय अधिकृत प्रकाश यादव र प्राईम एफएमका अध्यक्ष मोतीराम तिमल्सिना बीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्र मार्फत उपलब्ध सेवा र बालबालिकाहरुको उपचार सेवालाई प्राथमिकतामा साथ सूचना सम्प्रेषण गरी अपाङ्गता भएका बालबालिकाहरुको पहिचान र उपचारसँगै पहुँचयुक्त वातावरणकॊ निर्माणमा सहयोग पु¥याउने उल्लेख छ ।

शारीरिक रूपमा अपाङ्गता भएका बालबालिकाहरूलाई पुनस्थापना सहितको समावेशी, सुझबुझपूर्ण तथा जिम्मेवार समाजको सृजना जहाँ शारीरिक अपाङ्गता भएका बालबालिकाले समान अवसरका साथ गुणात्मक जीवन जिउँछन् भने अपाङ्ग बाल अस्पताल तथा पुर्नस्थापना केन्द्रको प्रमुख लक्ष्य हो । गुणस्तरीय अत्याधुनिक सेवा, हेरचाह, सामाजिक र आर्थिक पुनः एकीकरणको लागि सक्षम वातावरणको समर्थन र प्रवर्धन, मानव अधिकार तथा अपाङ्गता भएका व्यक्तिहरूका अधिकार, आधारभूत सिद्धान्तहरू सहितको दृष्टिकोण, बाल संरक्षण र सुरक्षाका सिध्दान्तहरूको पालना, समानता र विविधताको सम्मान गर्दै आएको छ ।
अस्पतालका संस्थापक अध्यक्ष प्राध्यापक डा.अशोक बास्कोटाको परिकल्पना अनुसार स्थापना भएको उक्त अस्पतालले नेपालका शारीरिक अपाङ्गता भएका बालबालिकाहरूलाई आशा र नयाँ जीवन दिईरहेको छ । सन् १९८५ सेप्टेम्बर ५ ( वि.सं. २०४२) मा शुरु भएको उक्त अस्पताल सन् १९९७ (वि.सं २०५४) देखि बनेपा नगरपालिका वडा नम्बर ११ (साविक उग्रतारा जनागाल गाविस) मा अवस्थित छ ।