केयूमा नमुना संयुक्त रास्ट्रसंघको अभ्यास, १० हजार भन्दा बढी युवा सहभागी हुने
काठमाडौँ विश्वविद्यालयले विश्वव्यापी नेतृत्व निर्माणका लागि नमुना संयुक्त राष्ट्रसंघ आयोजना गरेको छ । तीन दिनेसम्म चल्ने कार्यक्रममा नेपालभरका युवा नेताहरूलाई एकताबद्ध गरेर बहस र कुटनीति देखि संस्कृतिक उत्सवसम्म मनाउन लागिएको हो ।
धुलिखेल स्थित काठमाडौं विश्वविद्यालयको परिसरमा आगामी सेप्टेम्बर १७ देखि १९ सम्म काठमाडौं विश्वविद्यालय नमुना संयुक्त रास्ट्रसंघ, २०२५ समारोह आयोजना हुनेछ । कार्यक्रममा २५० भन्दा बढी प्रतिनिधिहरू, दश हजार भन्दा बढी विद्यार्थीहरू, संकायहरू, र अनलाइन सहभागीहरूलाई वास्तविक–विश्व कूटनीति दर्पण दिइनेगरी बहस, वार्ता, र नीति निर्माण अभ्यासहरूमा संलग्न गराइने आयोजक काठमाडौं विश्वविद्यालय लिडरसिप एण्ड डेभलपमेन्टका अध्यक्ष अतुल अधिकारी जानकारी दिए ।
केयु नमुना संयुक्त रास्ट्रसंघ–२०२५ ले युवाहरुमा नेतृत्वको प्रस्फुटन गर्न, विचारात्मक सोचको बृद्दी गर्न र अन्तर–संस्कृतिक वार्ता गर्ने वातावरण मिलाउने विश्वास लिइएको छ । प्रतिनिधिहरुले संयुक्त रास्ट्रसंघका विभिन्न समितिहरुको नमुना, तथा सांस्कृतिक बहस र नेटवर्किङमा भाग लिनुका साथै, वक्तृत्व, छलफल र रणनीतिक कदमहरुका बारेमा छलफल गर्नुका साथै अभ्यास पनि गर्नेछन् । केयु नमुना संयुक्त रास्ट्रसंघ, २०२५ ले विश्वव्यापीकरण र स्थानियात्वको संगम निम्त्याउने बताइएको छ ।
यस्तो छ कार्यक्रम तालिकाः






