काठमाडौं / नेकपा (एमाले)को विधान महाधिवेशन सुरु भएको छ । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले बोलिरहेका छन् ।
ओलीले राजनीतिक प्रस्ताव पेस गरेपछि अन्य प्रतिवेदन प्रस्तुतकर्ताहरूले प्रतिवेदन पेस गर्नेछन् । त्यसपछि सबै प्रतिवेदनहरूमाथि छलफल हुने बताइएको छ ।