बनेपा चोकमा शुरु भयो ‘मेकअप बाई एली’

बनेपा/बनेपा चारदोवाटो चोकमा ‘मेकअप बाई एली’को उद्घाटन गरिएको छ । सौन्दर्य कला ब्यवसायी संघ काभ्रेकी अध्यक्ष सुस्मा प्रधानले सौन्दर्य सम्वन्धी पसलको शुभारम्भ गर्दै सफलताको कामना ब्यक्त गरिन् ।

सौन्दर्यकला ब्यवसायी संघकी केन्द्रिय सदस्य तथा पुर्व अध्यक्ष लक्ष्मी श्रेष्ठकी सुपुत्री एल्विसा श्रेष्ठले उक्त मेकअफ बाई एली संचालन गर्नेछिन् । अल ब्युटी पार्लरसँगै शुभारम्भ गरिएको उक्त पसलमा मेकअफ, नेल्स र ल्यासेस लगायतका सेवा उपलब्ध हुनेछन् ।

पछिल्लो समय युवापुस्ताहरुमा उक्त मेकअफ सम्वन्धी रुची बढिरहेको छ । त्यहि रुचीलाई पूर्णता दिने गरी एल्विसाले बनेपामा युवाहरुको चाहना पुरा गर्ने गरी मेकअफ बाई एली संचालनमा ल्याएको बताईन् । शुभारम्भ कार्यक्रममा सौन्दर्यसँग सम्वन्धीत विभिन्न क्षेत्रमा कार्यरत ब्यक्तिहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, शुभचिन्तकहरुको सहभागिता रहेको थियो ।