मावन बेचविखन बिरुद्धको १९ औं राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया

धुलिखेल/ मानब बेचविखन बिरुद्धको १९ औ राष्ट्रिय दिवसको अवसरमा मानव बेचविखन बिरुद्धको जिल्ला समन्वय समिति जिल्ला प्रशासनको आयोजनामा माईती नेपाल, जिल्ला प्रहरी कार्यालय काभ्रेको सह आयोजनामा अन्तरक्रिया कार्यक्रम गरेको छ ।

समन्वय समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी उमेश ढकालको अध्यक्षतामा उक्त अन्र्तक्रिया कार्यक्रम भएको हो । तीनै तहका सरकार मिलि गरौ हातेमालो, मानव बेचविखन हटाऔं दुष्चक्रको जालो भन्ने नारा सहित जिल्लामा रहेका सबन्धित संघ सस्थाका प्रतिनिधि, पालिकाका महिला तथा बालबालिका शाखाका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा मानब अधिकारकर्मी भोजराज तिमिल्सनाले मानव बेचविखन बिरुद्धको कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला प्रहरी प्रमुख कोमल शाह, शसत्र प्रहरी पाँचखाल प्रहरी बलका प्रमुख माधब रेग्मी, गैसस महासघंकी अध्यक्ष गंगा दोङ लगाएतले मन्तब्य राखेका थिए । त्यसै गरी सोहि दिन नै नमोबुद्ध नगरपालिका, बनेपामा रहेको एविएम स्कुलमा, धुलिखेलको सञ्जीवनी स्कुलमा समेत अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।