आर्थिक वर्ष २०८१/२०८२ मा काभ्रेपलाञ्चोक जिल्लाका स्थानीय तहले गरेका यि हुन् असल अभ्यास
धुलिखेल/जिल्लाका १२ स्थानीय तहले आर्थिक वर्ष २०८१÷२०८२ मा गरेका ‘असल अभ्यास’ सम्बन्धी संक्षेप विवरण जिल्ला स्तरीय कार्यक्रममा प्रस्तुत गरेका छन् ।
प्रत्येक पालिकाले आफूलाई महत्वपूर्ण लागेको एक वा धेरै क्षेत्रलाई असल अभ्यासका रुपमा प्रस्तुत गरेका थिए । जिल्ला स्तरीय कार्यक्रममा पनौती सहभागि भएको थिएन ।
धुलिखेल नगरपालिका – विश्व स्वास्थ्य संगठनद्वारा एशियाको दोस्रो र नेपालको पहिलो स्वस्थ शहर घोषणा, डिजिटल घर नम्बर, आत्महत्या न्यूनीकरण, नगर संग्रहालय, एआई सूचना सेवा, पर्यटन तथा शिक्षा क्षेत्रमा नमुना काम ।
बेथानचोक गाउँपालिका – कृषकलाई सहुलियत ब्याजदर ऋण, कृत्रिम गर्भाधान, स्वास्थ्य शिविर, महिला सशक्तीकरण कार्यक्रम, लोक सेवा तयारी कक्षा ।
रोशी गाउँपालिका – ६०–६९ वर्ष उमेर समूहलाई निःशुल्क स्वास्थ्य बीमा, पूर्ण खोप सुनिश्चित पालिका घोषणा, विपद हेल्प डेस्क सञ्चालन, बजार अनुगमन, रक्तदान कार्यक्रम ।
महाभारत गाउँपालिका – ठुलो परिमाणमा कफी खेती प्रवद्र्धन, कानून निर्माण (४९ वटा कानूनी आधार), निःशुल्क शिक्षा, श्रम संसार पोर्टल, एक घर एक धारा अभियान, घुम्ती स्वास्थ्य परीक्षण, महिला हिंसा न्यूनीकरण कार्यक्रम ।
भुम्लु गाउँपालिका – तितेपाती तेल प्रशोधन युनिट, लालपूर्जा वितरण, रक्तदानमा रेकर्ड कायम, एसईई उत्कृष्ट विद्यार्थीलाई १ लाख पुरस्कार, मौरीपालन तालिम, सीप विकास कार्यक्रम, डढेलो मुक्त पालिका घोषणा ।
तेमाल गाउँपालिका – विद्यालय समायोजन, सामाजिक सुरक्षा भत्ता प्रभावकारी वितरण, तामाङ संग्रहालय सञ्चालन, साहसिक पुल निर्माणको तयारी ।
पाँचखाल नगरपालिका – विषादीरहित कृषि अभियान, जैविक खेती प्रवद्र्धन, बजारमा सहयोग ।
चौरीदेउराली गाउँपालिका – हरेक वडामा कृषि उत्पादन पकेट क्षेत्र, प्रभावकारी विपद व्यवस्थापन, स्वास्थ्य परीक्षण सेवा, सामाजिक सुरक्षा भत्ता घरमै पु¥याउने, मानसिक स्वास्थ्य कार्यक्रम ।
खानीखोला गाउँपालिका – ‘कफीमा जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम, हाटबजार सञ्चालन, छात्रावास, स्थानीय उत्पादन प्रवद्र्धन, उच्च शिक्षा छात्रवृत्ति, केबलकार सम्भाव्यता अध्ययन ।
बनेपा नगरपालिका – लायकु हाटबजार सञ्चालन, उत्पादक–उपभोक्ता प्रत्यक्ष जोड, साप्ताहिक ४० लाखभन्दा बढी कारोबार, निःशुल्क पशु बीमा (२९ हजारभन्दा बढी पशु), शैक्षिक उपलब्धि ।
मण्डनदेउपुर नगरपालिका – पूर्ण खोप घोषणा, स्वास्थ्य शिविर, शहरी स्वास्थ्य क्लिनिक, महिलाका लागि उद्यमशील तालिम, नगरकोट महोत्सव, प्रभावकारी इसेवा सेवा ।
नमोबुद्ध नगरपालिका – जलाधार तथा मुलाधार संरक्षण कार्यक्रम, कोल्ड स्टोर निर्माण (१००० मेट्रिक टन क्षमता), पर्यटन सूचना केन्द्र, सडक स्तरोन्नति, विपद पीडितलाई क्षतिपूर्ति, पशु बिमा, कृषि औजार वितरण ।






