सरकारले सामाजिक सञ्जाल दर्ता गर भनेको छ, बन्द गर भनेको छैनः सभापति देउवा

सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समाजिक सरकारले सामाजिक सञ्जाल दर्ता गर्न भनेको तर बन्द गर्न नभनेको बताएका छन्।

शनिबार बिराटनगर विमानस्थलमा पत्रकारले सोधको प्रश्नमा देउवाले त्यसको जवाफ दिँदै प्रधानमन्त्रीले पति दर्ता गर भनेको र बन्द गर नभनेको उल्लेख गरे।

‘त्यो बन्द भएको छैन, दर्ता गर भनेको छ प्रधानमन्त्रीले,’ उनले भने, ‘ओलीजीले पनि दर्ता गर भनेको छ। अदालतले पनि दर्ता गर भनेको छ। बन्द गर त बनेको छैन।’