५० जना निजामती कर्मचारी सम्मानित

निजामती कर्मचारी दिवसको अवसरमा चन्द्रलोक प्रतिष्ठानले निजामती कर्मचारीलाई सम्मान गरेको छ । प्रतिष्ठानले काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा विद्युत् विकास विभागका सिनियर डिभिजनल इञ्जिनियर उपसचिव बद्री कुइँकेल, चन्द्रागिरि नगरपालिकाका शिक्षा निर्देशक सुजनराज खनाल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी उपसचिव निर्मला थापा रहेका छन् ।

त्यसैगरी उपसचिव तेजराज शर्मा, यातायात व्यवस्था विभागका प्राविधिक निर्देशक श्रीकान्त यादव, भन्सार जाँचपास कार्यालय त्रिपुरेश्वरका प्रमुख भन्सार परीक्षक नवराज पन्थी र कान्ति बाल अस्पताल महाराजगञ्ज काठमाडौँका उपसचिव रामबन्धु शर्मा पनि सम्मानित भए ।

मालपोत कार्यालय साँखुका प्रमुख मालपोत अधिकृत ९उपसचिव० कुमारबहादुर खड्का, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा रुपन्देहीका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत अनुप हलवाई, बूढानीलकण्ठ नगरपालिकाका उपनिर्देशक गोपालप्रसाद पोखरेल, अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका उपसचिव वीरबल अधिकारी रहेका छन् ।

कार्यक्रममा राष्ट्रिय परिक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०, सानोठिमी भक्तपुरका उपनिर्देशक तारानाथ निरौला, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय दोलखाका सिनियर डिभिजनल इञ्जिनियर ९उपसचिव० रुपेश महत र डिभिजन वन कार्यालय सुनसरीका डिभिजनल वन अधिकृत खुद्रस मिर्या सम्मानित भए ।

त्यसैगरी प्रदेश ऊर्जा कार्यालय लुम्बिनी प्रदेश भालुबाङ, दाङका प्रमुख झलकबहादुर थापा, अर्थ मन्त्रालयका शाखा अधिकृत रामप्रसाद रेग्मी, सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र हरिहरभवन ललितपुरकी परीक्षक कमला घिमिरे, राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुरका शाखा अधिकृत तीर्थराज पासवान रहेका छन् ।

यस्तै नापी कार्यालय साँखुका अधिकृत भानुभक्त भट्ट, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना धनुषाका इञ्जिनियर रुपनारायण यादव, डिभिजन वन कार्यालय धनुषाका अधिकृत नागेश्वरप्रसाद यादव र डिभिजन वन कार्यालय पर्साका वन अधिकृत मोहमद आरिफ हुसैनलगायतका निजामती कर्मचारी सम्मानित भएका छन् ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कर्मचारीहरूलाई सम्मान गरेकी थिइन् ।