सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला २ लाख १२ हजार माथि

काठमाडौं  / नेपाली बजारमा आइतबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । केही दिन यता निरन्तर बढिरहेको सुनको मूल्य आज पनि बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक हजार ६०० रुपैयाँले बढेको हो । यसससँगै आइतबार छापावाल सुनको मूल्य तोलामा दुई लाख १२ हजार रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला दुई हजार ५०० रुपैयाँ कायम भएको छ ।