दोलालघाटको इन्द्रावती नदिमा दोलखाका युवाले हाम फाले

 

धुलिखेल/ईन्द्रावती नदिमा हाम फालेका ४० बर्षिय युवक अझै फेला परेका छैनन । शनिबार साँझ ६ बजे दोलालघाट नजिकै इन्द्रावती नदिमा हाम फालेका युवक अझै फेला नपरेको प्रहरीले जानकारी दिएको छ ।
दोलखा जिल्ला तामाकोशी गाउँपालिका वडा नम्वर ४ मालु घर भई हाल भक्तपुर जिल्ला ठिमी नगरपापलिका भक्तपुर कौशलटार ३ बस्ने ४० बर्षिय कल्याण खड्काले हाम फालेको प्रहरीले जानकारी दिएको छ ।

साँझ युवक इन्द्रावती नदिमा हाम फालेको सूचना प्राप्त हुने वित्तिक्कै दोलालघाट प्रहरी चौकी मार्फत खोजतलास शुरु भएको भए पनि फेला परेका छैनन । भुम्लु गाउँपालिका वडा नम्वर ८ दुलालेश्वर मन्दिर छेउबाट हाम फालेको सिसी क्यामेरा फुटेजमा देखा परेको छ । कल्याण भक्तपुरबाट दिउसो १ बजे निस्कि हिडेका थिए ।

कल्याणका भाई राजेन्द्र खड्काका अनुसार पारिवारीक रुपमा केहि खटपट नभए पनि अन्य ब्यवहारीक कारण हो कि भन्ने आशंका भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले खोजतलास जारी रहेको बताएको छ ।