जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुग्यो
काठमाडौँ / काठमाडौँमा जारी जेनजीको आन्दोलनमा मृत्यु हुनेको संख्या ९ पुगेको छ । आन्दोलनमा घाइते भएर उपचारका लागि अस्पताल लगिएका प्रदर्शनकारीको विभिन्न अस्पतालमा मृत्यु भएको हो । ट्रमा सेन्टरमा मात्रै ५ जना प्रदर्शनकारीको मृत्यु भएको छ ।
जेनजी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ट्रमा सेन्टरमा ५ जनाको मृत्यु भएको हो । जेनजी प्रदर्शनका क्रममा सिभिल अस्पतालमा दुई जनाको मृत्यु भएको हो । यस्तै केएमसी अस्पतालमा एक जनाको मृत्यु भएको थियो ।
एक जनाको संसद् भवन बाहिरै गोली लागेर निधन भएको थियो । अहिलेसम्म कतिलाई गोली लागेको भन्नेबारे यकिन थाहा भइसकेको छैन ।






