शेखर कोइरालाले आफ्ना पक्षका मन्त्रीलाई राजीनामा दिन निर्देशन

काठमाडौं/नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्ना पक्षबाट सरकारमा रहेका मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेका छन्। चीन भ्रमणमा रहेका कोइराला भ्रमण छोट्याउँदै आज साँझ नेपाल फर्कने तयारीमा छन्।

कोइरालाले वर्तमान सरकारको औचित्य समाप्त भएको भन्दै मन्त्रीहरूलाई राजीनामा गर्न निर्देशन दिएका हुन्। कांग्रेस संस्थापनइतरतर्फबाट सरकारमा पर्यटन मन्त्री बन्द्रि पाण्डे, स्वास्थ्य मन्त्री प्रदीप पौडेल र खेलकुद मन्त्री तेजुलाल चौधरी रहेका छन्।

शेखर पक्षका एक नेताका अनुसार कोइरालाले फोनमार्फत आफ्ना पक्षका मन्त्रीहरूलाई राजीनामा दिन आदेश दिएका हुन्। उनका अनुसार कृषि मन्त्री रामनाथ अधिकारीले चाँडै राजीनामा दिने तयारी गरेका छन्।