मजदुरी गरेर डेरामा फर्किँदै गरेका तेमालका दिलनारायणको गोली लागेर मृत्यु
जेनजीको प्रदर्शनका क्रममा काभ्रे तेमालका दिलनारायण तामाङको मृत्यु भएको छ । मजदुरी गरेर डेरामा फकिँदै गरेका तेमाल–७ काल्धारका तामाङलाई काठमाडौंमा प्रहरीले प्रहार गरेको गोली लागेको हो । घाइते भएका तामाङको उपचारको क्रममा एभरेष्ट अस्पतालमा मृत्यु भएको हो । उनी पाटनमा डेरामा बसेर पेन्टिङ लगायतमा ज्यालामजदुरी गर्दथे । उनका ११ र १४ वर्षीय दुई छोरा छन् । तामाङ परिवारको जेठो छोरा हुन् ।





