प्रचण्ड निवास नजिकको प्रहरी बिट र सञ्चारमन्त्री निवासमा आगजनी

प्रदर्शनकारीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास नजिक रहेको प्रहरी बिटमा आगजनी गरेका छन् । प्रहरी बिटमा आगो लगाएर एउटा समूह प्रचण्डको निवासतर्फ अघि बढेको छ ।

आज बिहानैदेखि ललितपुरका विभिन्न ठाउँमा प्रहरी बिटमा आगो लगाउने र प्रदर्शन गर्ने क्रम जारी छ ।

एक समूहले ललितपुर सुनाकोठीको ढोलाहिटीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा समेत आगजनी गरेको छ ।

आजै बिहानै हरिसिद्धीस्थित प्रहरी प्रभागमा पनि आगजनी भएको छ ।

नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष रामहरि कार्कीका अनुसार ललितपुर बिहानैदेखि अशान्त छ । ‘प्रदर्शनको प्रभाव गाउँहरुमा समेत परेको छ । गाउँहरुमा र भित्री सडकहरुमा समेत बन्दको अवस्था छ,’ अध्यक्ष कार्कीले भने ।