सञ्चारमन्त्री गुरुङको निवासमा आगजनी

काठमाडौं / ललितपुरको सुनाकोठीस्थित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन्।

प्रहरीका अनुसार आन्दोलनकारीले पहिले ढुंगामुढा गर्दै प्रहरीको घेरा तोडेका थिए। त्यसपछि उनीहरूले घरतर्फ अघि बढ्दै आगो झोसेका हुन्।

सुरक्षा निकायले आगो नियन्त्रणमा लिन प्रयास भइरहेको जनाएको छ।