बनेपामा सरकारको दमनविरुद्ध प्रदर्शन
बनेपा/ बनेपामा हिजोको आन्दोलनमा राज्यद्वारा भएको बर्बर दमनमा १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाको विरोधमा आज पनि युवा पुस्ताले प्रदर्शन सुरु गरेका छन्।
नाला दोबाटोमा टायर बालेर तथा चारदोबाटो क्षेत्रमा प्रदर्शन भइरहेको छ। हिजोको घटनापछि दमनविरुद्ध चौतर्फी निन्दा भइरहेको छ भने नागरिकहरु स्वस्फूर्त रुपमा सडकमा उत्रिएका छन्।
प्रदर्शन नियन्त्रणका लागि प्रहरीको बाक्लो उपस्थिति रहेको छ।






