जेनजी प्रर्दशनीमा मृत्युभएका १७ मध्ये १६ जनाको सनाखत

काठमाडौं/सोमबार काठमाडौंको बानेश्वर चोकमा भएको सुरक्षाकर्मीको गोली प्रहारमा ज्यान गुमाउने १७ जनामध्ये १६ जनाको पहिचान खुलेको छ।

काठमाडौंका विभिन्न अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। 

ट्रमा सेन्टरमा मृत्यु भएकामध्ये

  • कीर्तिपुरका ४१ वर्षीय बुद्धबहादुर तामाङ

  • उदयपुर, बेलका-४ का २९ वर्षीय सन्तोष विक

  • बाँकेका २५ वर्षीय सुलभदास श्रेष्ठ

  • ठेगाना नखुलेका १९ वर्षीय सयिम चौलागाई

  • काठमाडौं बनस्थलीका २६ वर्षीय ईश्वर अधिकारी

  • वतन नखुलेका २९ वर्षीय आयुष थापा

  • वतन नखुलेका २७ वर्षीय गौरव जोशी

  • सिन्धुपाल्चोक बाह्रबिसे-६ का २१ वर्षीय योगेश श्रेष्ठ

सिभिल अस्पतालमा मृत्यु भएकामध्ये

  • अर्घाखाँचीका १८ वर्षीय निश्चल सारु मगर

  • गोरखा, बारपाक सुलीकोट-५ का २२ वर्षीय विमल भट्ट

  • नाम र ठेगाना नखुलेका एक युवक

केएमसी अस्पतालमा

  • बनस्थलीका ३० वर्षीय सौरभ किशोर श्रेष्ठ

  • बझाङ घर भई कीर्तिपुर बस्ने २३ वर्षीय सुशन बोहोरा

त्रिवि शिक्षण अस्पतालमा

  • २३ वर्षीय रसिद खतिवडा

एभरेष्ट अस्पतालमा

  • ललितपुर महानगर-७ का ३० वर्षीय विनोद महर्जन

  • काभ्रे, तिमालका ४२ वर्षीय दली नारायण तामाङ

  • भक्तपुर, दुवाकोटका २३ वर्षीय योगेन्द्र न्यौपाने

अस्पतालहरूले पुष्टि गरेअनुसार, १७ जनामध्ये अझै एकजनाको मात्र पहिचान खुल्न बाँकी छ।