प्रधानमन्त्रीले दिए राजिनामा
काठमाडौं/जेनजीको आन्दोलन बढ्दै गएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएका छन् ।
ओलीले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
ओली पछिल्लो पटक २०८१ असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । ओली २०४८ सालबाटै सांसद् बनेका ओली त्यसयता कुनै न कुनै रूपमा सत्तामा रहँदै आएका थिए । उनी २०७२ साल असोज २४ मा पहिलो पटक प्रधानमन्त्री बनेका थिए ।
२०७४ मा दोस्रो र २०७८ सालमा केही समयका लागि तेस्रो कार्यकालका लागि प्रधानमन्त्री बने ।






