जेनजी प्रदर्शनको असर :आन्तरिक उडान प्रभावित, बुधबार १२ बजेसम्म सेवा स्थगित

काठमाडौँ/त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हाल जारी जेनजी प्रदर्शनका कारण बुधबार मध्यान्ह १२ बजेसम्म सबै उडान स्थगित गरिएका छन् । यसअघि मङ्गलबार दिउँसो २:३० बजेदेखि राति १ बजेसम्म विमानस्थल अस्थायी रूपमा बन्द गरिएको थियो ।

आन्तरिक उडान सेवा प्रदान गर्दै आएको बुद्ध एयरले विज्ञप्ति जारी गर्दै निर्धारित समयसम्म कुनै पनि उडान सञ्चालन नहुने जानकारी दिएको छ। कम्पनीले यात्रुहरूलाई पर्न गएको असुविधाप्रति क्षमा याचना गर्दै अवस्था सामान्य भएलगत्तै उडान पुनः सञ्चालन गरिने स्पष्ट पारेको छ ।

देशको अस्थिर परिस्थितिका कारण आन्तरिक गन्तव्यतर्फका अन्य वायुसेवा कम्पनीहरूको उडानसमेत प्रभावित भएका छन्। यसबीच उडानका लागि टिकट काटिसकेका यात्रुहरूलाई आवश्यक प्रक्रिया पुर्‍याएर टिकट रकम फिर्ता गरिने बुद्ध एयरले जनाएको छ ।