प्रहरीले भन्यो – काभ्रेमा पनि अनिश्चितकालिन कर्फयू जारी छ
बनेपा/नेपाली सेना र नेपाल प्रहरीले मंगलबार राति देखि लगाएको कर्फुयू जारी रहेको बताएको छ । काभ्रे तथा देशभर नै नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिएसँगै कर्फ्यू जारी रहेको बताएको हो ।
कर्फ्यू भने पनि विहानै देखि हिजो जलाईएका संरचनाहरुबाट लुटपाट शुरु भएको छ । इलाका प्रहरी कार्यालय, बनेपा नगरपालिका तथा ट्राफिक प्रहरी कार्यालय लगायतका संरचनामा लुटपाट भईरहेको छ । नेपाली सेना राजगमार्गमा रहेको भए पनि केहि सवारी साधन चलिरहेका छन् ।
राती १० बजेबाट नेपाली सेनाले सुरक्षाको जिम्मेवारी लिए सँगै अनिश्चितकालिन कफ्र्यू जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । आम नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरमै बसी सहयोग र समन्वय गरिदिनु हुन जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।





