जेनजीले आगो लगाएको घरमा एक महिलाको शव फेला

काठमाडौं / पोखरा नयाँबजारस्थित नेपाल अटोमोबाइल एशोसिएसनका केन्द्रीय अध्यक्ष ध्रुव थापाको घरमा आगजनीको क्रममा एक महिलाको शव फेला परेको छ ।

मंगलबार भएको आन्दोलनमा गण्डकी प्रदेशका मन्त्री विन्दुकुमार थापाको घर, व्यापारिक प्रतिष्ठान र ध्रुव थापाको गाडी सोरूममा आगजनी गरिएको थियो ।

प्रारम्भिक अनुसन्धानअनुसार आगजनीमा जलेको अवस्थामा एक महिलाको शव गाडी सोरुमको नजिक फेला परेको हो ।

प्रहरीका अनुसार, उक्त महिला सोही घरमा काम गर्ने कर्मचारी थिइन् । शवको पहिचान र अन्य थप विवरणको लागि प्रहरीले अनुसन्धान जारी राखेको छ ।

आन्दोलनकारीहरूले गण्डकी प्रदेशका मन्त्री तथा व्यावसायी विन्दुकुमार थापाको घर र व्यवसायिक प्रतिष्ठानलाई लक्षित गर्दै आक्रमण गरेका थिए ।