जिल्ला कारागार धुलिखेलमा कैदीबन्दीले लगाएको आगो नियन्त्रणमा
काठमाडौं/ काभ्रेको धुलिखेलस्थित जिल्ला कारागार कार्यालयमा कैदीबन्दीहरूले गरेको आगजनी नियन्त्रणमा आएको छ । कार्यालय प्रमुख कोमल शाहले दमकल प्रयोग गरेर आगजनी नियन्त्रणमा लिएको जानकारी दिए।
आफूहरूलाई पनि रिहा गरिनुपर्ने माग राख्दै कैदीबन्दीहरूले आज (बुधबार) प्रदर्शनसहित आगजनी र तोडफोड गरेका थिए ।
कारागार प्रशासनले दिएको जानकारीअनुसार, कारागारभित्रबाट २ सय ८३ कैदीबन्दी रहेका छन् । कारागार परिसरमा सेनासहितको सुरक्षा व्यवस्था कडा गरिएको छ ।






