घरकै छतमा १९ बर्षिया निकितालाई छातिमा गोली

२०६२/२०६३ को जनआन्दोलन पछि जन्मिएकी एक युवतीले २० वर्ष पनि गणतन्त्रको उपभोग गर्न नपाई राज्यका तर्फबाट प्रहार भएको गोली लागी प्राण त्याग गर्नु परेको छ । काभ्रेपलाञ्चोक जिल्ला घर भई काठमाडौ महानगरपालिका ८ गौशालामा बसेर अध्ययनका लागि बसोबास गरिरहेकी १९ बर्षिया निकिता गौतमलाई जेनजीको आन्दोलनमा घरकै छतमा बसिरहेको समयमा छातिमा गोली लागेर निधन भएको हो ।

निकितासँगै काभ्रेपलाञ्चोक जिल्ला स्थायी घर भएका तीन जनाको निधन भएको छ । देशभर आन्दोलनका क्रममा ५१ जनाले ज्यान गुमाएको प्रहरीले बताएको छ । भाद्र २३ गते शुरु भएको आन्दोलन भाद्र २४ गते चर्किदै गएको थियो । आन्दोलन चर्किदै गए पनि घर बाहिर ननिस्की छतबाट हेरिरहेकी निकितलाई उडेर आएको गोली लाग्यो । उनि त्यहि ढलिन् । रग्ताम्मै भएकी निकिताले ऐया पनि भन्न नपाई प्राण त्याग गरिन् । चितवन जिल्ला कालिका नगरपालिकामा उनका परिवार अस्थायी रुपमा बसोबास गर्दै आएका छन् । बाबु लोकनाथ र आमा कल्पना गौतमकी छोरी निकिताको जन्म २०६३ साल पुष १४ गते जन्मिएकी थिईन् । अंकल ठाकुरनाथ गौतमका अनुसार उनि आफ्नै घरको छतमा साथिहरुसँग बसेर आन्दोलन हेरिरहेकी थिईन् ।
तत्कालै उनलाई शिक्षण अस्पताल लगिएको थियो । छतमा नै रग्तामे भएर ढलेकी उनको अस्पताल नपुग्दै निधन भएको थियो ।