राजनीतिक र कानूनी संकटमा जहिल्यै सम्झिरहिने नाम: क. सुवास नेम्वाङ

नेपाली बामपन्थी राजनितिका मुर्धन्य व्यक्तित्व सुवासचन्द्र नेम्वाङको जन्म इलाम जिल्लाको सुन्तलाबारीमा भएको हो । नेम्वाङ विसं २०६३ मा पुनः स्थापित प्रतिनिसिधासभाको सभामुख, २०६४ सालमा व्यवस्थापिका संसदको सभामुख, २०६५ र २०७० सालमा संविधानसभा अध्यक्ष÷सभामुख र २०७२ सालमा सभामुख भएका थिए ।

२०४८ र २०५२ सालमा गरी २ पटक राष्ट्रिय सभाको सदस्य भएका नेम्वाङ इलामबाट २०५६ सालदेखि निरन्तर संसदीय चुनावमा विजयी हुँदै आएका थिए । २०६४ सालको संविधानसभा निर्वाचन र ०७० को दोस्रो संविधानसभा निर्वाचनमा इलाम– २ बाट विजयी भएका नेम्वाङले संविधानसभा अध्यक्षको महत्त्वपूर्ण जिम्मेवारी पूरा गरेका थिए ।

शालीन र भद्र नेताका रूपमा चिनिने नेम्वाङ आफ्नो राजनीतिक जीवनमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसद्को सार्वजनिक लेखा समितिको सभापतिसमेत भएर काम गरेका थिए । २०६२ र ०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए ।

पछिल्लो पटक उनी ०७९ माघ १० गते राष्ट्रपति पदमा एमालेका तर्फबाट उम्मेदवार बने पनि पराजित भएका थिए । २०७९ मंसिरमा भएको संसदीय निर्वाचनमा इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा नेम्वाङ निर्वाचित भएका थिए । विद्यार्थी कालदेखि नै राजनीतिमा होमिएका नेम्वाङ २०२९ सालमा महेन्द्ररत्न बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट स्ववियु सभापति निर्वाचित भएका थिए । उनी २०३३ सालमा राजकाज मुद्दामा जेलसमेत परेका थिए ।
२०४७ सालमा तत्कालीन नेकपा माले र नेकपा माक्र्सवादी पार्टीबिच एकता भएपछि बनेको नेकपा एमालेमा नेम्वाङ पनि आबद्ध भए । त्यसपछि २०५४ को छैटौँ महाधिवेशनदेखि पार्टी केन्द्रीय कमिटी सदस्य चुनिएका नेम्वाङ २०७१ सालमा भएको एमालेको नवौँ महाधिवेशनपछि स्थायी कमिटी सदस्य र २०७८ साल मंसिरमा चितवनमा सम्पन्न दशौँ महाधिवेशनमा उपाध्यक्ष निर्वाचित भएका थिए ।

एमाले संसदीय दलको उपनेता समेत रहेका नेम्वाङ प्रायः सहमति र सहकार्यको राजनीतिका पक्षमा वकालत गर्ने गर्थे । २०६२ र ०६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्मा सभामुख र पहिलो तथा दोस्रो संविधानसभामा अध्यक्षको रूपमा नेम्वाङले खेलेको नेतृत्वदायी र अनुकरणीय भूमिका निर्वाह गरेका थिए । नेपालको शान्ति प्रक्रिया र संविधानसभाबाट नेपालको संविधान जारी गराउन नेम्वाङको महत्त्वपूर्ण भूमिका थियो । संविधान निर्माण गर्ने बेलामा विभिन्न असहमत पक्ष तथा विषयवस्तुमा छलफल र संवादको माध्यमबाट सहमतिमा पुग्नुपर्छ भन्ने तर्क अघि सार्ने नेम्वाङले दलहरूलाई एकै ठाउँ राखेर असहमतिका बुँदाहरूमा सहमति जुटाउने निरन्तर प्रयास गरेका थिए ।

नेपाली समाज र नेपाली राजनीति बुझेका नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै हुनुहुन्थ्यो । पछिल्लो समयसम्म पनि सहमति र सहकार्यमै जोड दिने गर्नुहुन्थ्यो । संविधान निर्माणकै क्रममा न्याय प्रणाली, नागरिकता, राज्यको शासकीय स्वरूप, निर्वाचन क्षेत्र निर्धारणको मापदण्ड लगायतमा नेम्वाङले मध्यमार्गी र वैज्ञानिक बाटोबाट अघि बढ्न दलहरूलाई सुझाव दिने गरेका थिए । सबै पक्षसँग सहज संवादका माध्यमबाट सहमति कायम गराएर विवाद निरूपण गर्ने नेम्वाङको शैली धेरैका लागि अनुसरणयोग्य मानिन्छ । उनको निधनले नेपालको संसद्ले एक अनुभवी, असल र लोकप्रिय सांसद एवं संसद्को पूर्व नेता गुमाएको छ भने राष्ट्रले एक सिद्धान्तनिष्ठ देशभक्त इमानदार नेता गुमाएको छ । अब हामी उहाँ र उहाँको योगदानलाई सम्झनमात्र सक्छौं, अनि अनुकरण गर्नपनि ।

नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्यायजस्तै रहेका थिए । नेपाली समाज र नेपाली राजनीति बुझेका नेम्वाङ नेपाली राजनीतिमा सहमति र सहकार्यको पर्याय नै हुनुहुन्थ्यो । पछिल्लो समयसम्म पनि सहमति र सहकार्यमै जोड दिने गर्नुहुन्थ्यो । सुवासचन्द्र नेम्वाङ एउटा सरल स्वभावको मृदुभाषी नेता भएको भन्दै एउटा कुशल सांसद र नेता रहेको बताए । निकै लामो समय उहाँले सभामुख भएर संसद् परिचालनमा पनि महत्वपूर्ण योगदान दिनुभयो ।

मिठो अनि मधूर स्वरका धनी क. सुवाश आज हामी विच हुनुहुन्न । नेपाली राजनीतिमा उहाँको अभाव जहिल्यै खड्कि रहने छ । आज हामी जनताको बलिदान र खास गरी संविधान सभाको निर्वाचनबाट बनेको संविधान र संसदलाई कसरी जोगाउने भन्ने सन्दर्भमा पुगेका छौं । राजनीतिक समवेदनाको यस घडीमा संविधानसभा अध्यक्ष हुँदा ऐलेको नेपालका अधिराज्यको संविधान निर्माण गर्ने काममा उहाँले महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको कुरालाई असाध्यै महत्वका साथ सोचनु पर्ने बेला आएको छ । उहाँको योगदान र भूमिका हामी सबैका लागि सदा सदा स्मरणीय रहने छ ।