काठमाडौंमा सार्वजनिक सवारी सञ्चालनमा, जनजीवन सामान्य बन्दै

काठमाडौं / मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी साधन शनिबारदेखि पुनः सञ्चालनमा आएका छन्। शुक्रबार थोरै मात्रामा सवारी चले पनि शनिबार बिहानैदेखि बस, ट्याक्सी लगायतका सवारी साधन नियमित रुपमा चल्न थालेका छन्।

चितवनबाट पनि काठमाडौंतर्फ बसहरू प्रस्थान गरेका छन्। जनजी नामक समूहले सोमबार प्रदर्शन थालेपछि नयाँ बानेश्वर आसपासबाहेक अन्य क्षेत्रमा सवारी चलिरहेका थिए। तर मंगलबारदेखि प्रदर्शन उपत्यकाका अधिकांश क्षेत्रमा फैलिँदा सार्वजनिक सवारी पूर्ण रूपमा अवरुद्ध भएका थिए। सोही क्रममा कर्फ्यु लागेपछि जनजीवन थप प्रभावित भएको थियो।

शनिबार बिहानदेखि कर्फ्यु हटाइएकोले जनजीवन सामान्य हुँदै गएको छ। सवारी साधनसहित पसलहरू पनि खुल्न थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा बिहानैदेखि सरसफाइ सुरु गरिएको छ।

मंगलबार रातिदेखि सडकमा तैनाथ नेपाली सेना शनिबारदेखि फिर्ता भइसकेको छ, जसले जनजीवन सहज बनाउन थप योगदान पुर्‍याएको छ।