काभ्रेपलाञ्चोकमा निषेधाज्ञा र कर्फ्यु हटाइयो

धुलिखेल / काभ्रेपलाञ्चोक जिल्लामा जारी निषेधाज्ञा र कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले शुक्रबार एक सूचना जारी गर्दै मिति २०८२ भदौ २७ गतेदेखि लागू गरिएको निषेधाज्ञा तथा कर्फ्यु आदेश हाललाई रद्द गरिएको जानकारी दिएको हो ।

जिल्ला सुरक्षा समितिको २०८२ भदौ २८ गते बसेको बैठकको निर्णयअनुसार शान्ति सुरक्षाको अवस्था सामान्य हुँदै गएको निष्कर्षमा पुगेपछि निषेधाज्ञा र कर्फ्यु फिर्ता लिइएको प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकालद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।

साथै, प्रशासनले सामाजिक सद्भाव कायम राख्दै शान्ति सुरक्षा र सुव्यवस्थामा सहयोग गर्न सबै नागरिकलाई आग्रह गरेको छ ।