शारदा मावि पनौतीका शिक्षक पौडेलः तोडफोड र आगजनी गराउँदै अवैध कन्सल्टेन्सीबाट विद्यार्थी विदेश पठाउँदै

पनौती/सरकारी विद्यालयको स्थायी शिक्षक । १०–४ सामुदायिक विद्यालय पनौतीमा रहेको शारदा मावी सुन्थानमा गणित विषय पढाउने । विद्यालयमा +२ सकिन नपाउँदैका विद्यार्थीहरुलाई अवैद्य कन्सल्टेन्सी खोलेर विदेश पठाउने । केहि निजी विद्यालयहरुमा पार्ट टाईम पढाउने गुरु विनोद पौडेल आन्दोलमा ढुंगा बोकेर आगजनी र तोडफोडमा उत्रने ।

भदौ २४ । बनेपामा उर्लदों आन्दोलनमा अग्रभागमा ढुंगा बोकेर उनै गुरु लागे लुरुलुरु । बनेपामा सिल्भर एजुकेशन फाउण्डेशन संचालन गरिरहेका पौड्याल अबैद्य रुपमा संचालन गरिहेको कन्सल्टेन्सीबाट विद्यार्थी विदेश पठाउँछन । कोरियन भाषा पनि सिकाउँछन् । अनुमति छैन । अनि उनै गुरुले पढाउने विद्यार्थी र सिकाउने संस्कार कस्तो हुन्छ ? अनि जेन्जीहरुले गरेको आन्दोलनमा उनै शिक्षक ढुंगा बोकेर दौडन्छन । आगो सल्काउँदै हिड्छन् । विद्यार्थी विदेश पठाउने कन्सल्टेन्सी समेत अबैद्य चलाउने शिक्षक जेन्जीका मागलाई समर्थन गर्दै आगजनी र तोडफोडमा उत्रन्छन् ?

जेन्जीहरुले उठाएका माग जायज छन् । तर तिनै जेन्जीहरुलाई ललाई फकाई, गलत सुचना दिदै विदेश पठाउने सरकारी विद्यालयका शिक्षकहरुबाट आश के गर्ने ? यस्तै गुरुहरुका कारण समग्र सामुदायिक विद्यालय र शिक्षा प्रणाली ध्वस्त भएको हो । अनि उनै जान्छन तोडफोड र आन्दोलन गर्न । चिनौ उनलाई । उनि गणीत विषयका स्थायी शिक्षक हुन् । स्थायी बसोबास स्याङ्गजा हो । बनेपामा बस्छन् । पनौतीको शारदा मावीमा पढाउँछन् । दलिय रुपमा संरक्षणका लागि शिक्षक संघ काभ्रेको सदस्यता लिएका छन् ।