‘आवेगमा लेखें, जिम्मेवारी सम्झेर तत्कालै हटाएँ’

बनेपा/भाद्र २३ गते काठमाडौमा आयोजना गरिएको जेन्जी समुहको आक्रमणमा परी विद्यालयमा अध्ययरत बालबालिकाहरुलाई भटाभट गोली लागेर निधन भएको खवरले भावविव्हल हुँदा आवेगमा आएर सामाजिक सञ्जालमा राजनीतिक दल र नेताहरुलाई समेत असर पर्ने गरी मैले लेखेको स्टाटस नियोजित नभएको पुण्य मावी पनौतीमा कार्यरत बनेपा ६ घर भएका शिक्षक गोविन्द तिमल्सिनाले बताएका छन् ।
 
गोविन्द तिमल्सिनाले लेखेको पत्रमा भनिएको छ –‘आन्दोलनको बेलामा जब भटाभट स्कुल पढ्ने विद्यार्थीहरुको हत्या भएको समाचार सुन्नमा आयो तब मेरो हृदय विचलित हुन पुग्यो । फलस्वरुप आक्रोश ब्यक्त गर्दै सो घटनाको बिरोधमा मैले एउटा स्ट्याटस लेखे । अहिले सो स्ट्याटसलाई लिएर मैले नै काभ्रे जिल्लाको आन्दोलन र हिंसात्मक गतिबिधिको नेतृत्व गरेको भनेर समाचारमा आएछ । म बाट मैले नै पढाउने गरेका विद्यार्थी भाई बहिनी जस्तैको मृत्यु देखेर आक्रोशित हुदै सो स्ट्याटस लेख्ने बाहेक अरु कुनै गतिबिधिमा संग्लग्न नभएको जानकारी गराउँदछु ।’
साना विद्यार्थी भाईबहिनीको मृत्यु देखेर पुरै देश स्तब्ध भएको छ । आक्रोश हरेक जनमानसमा ब्याप्त छ । म मा पनि थियो र हुनु स्वाभाविक नै हो । एउटा स्ट्याटस लेख्दैमा आएको समाचारले थप असर परेको छ । मैले उक्त स्टाटस सोहि दिन तत्कालै हटाएको छु ।’