भटाभट सार्वजनिक हुन थाले सार्वजनिक सम्पत्ति तोडफोड र आगजनीमा संलग्नहरु
बनेपा/सार्वजनिक तथा ब्यक्तिगत सम्पति तोडफोडमा विभिन्न क्षेत्रका ब्यक्तिहरु संलग्न भएको तस्विर तथा भिडियो सार्वजनिक हुने क्रममा मालपोत कार्यालय काभ्रेमा लेखापढी ब्यवसायी संघमा आवद्ध पनौती ३ कुशादेवी ओढारेका युवक अनिश सापकोटाको तस्विर सार्वजनिक गरिएको छ ।
उनि विरुद्ध सार्वजनिक सम्पत्ति तोडफोड तथा आगजनी गरेको अभियोगमा स्थानीयले प्रहरी कार्यालयमा उजुरी गरेका छन् । बाबु बलराम सापकोटा पनि लेखापढी तथा कानून ब्यवसायीका रुपमा कार्यरत छन् । आन्दोलन चकँदै गए पछि अनिश सापकोटा सहितको समुह सार्वजनिक र ब्यक्तिगत सम्पत्ति तोडफोडमा उत्रिएको भिडियो र तस्विरहरु सार्वजनिक भएका छन् ।
पनौती, बनेपा र धुलिखेल लगायत जिल्लाका विभिन्न क्षेत्रमा भएका तोडफोडमा विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु समेत संलग्न रहेको खुलेको छ ।





