गोकुल बास्कोटाको टिप्पणी : “भौतिक आक्रमणले विचार ढल्दैन”
बनेपा/ पूर्वमन्त्री गोकुल बास्कोटाले सामाजिक सञ्जाल फेसबुकमार्फत जेनजी आन्दोलनका परिणाम र पछिल्ला राजनीतिक घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गरेका छन्।
बास्कोटाले पहिलो स्टाटसमा लेखेका छन्, “नीति र बिधिको रक्षा भएपछि नेतृत्वको रक्षा स्वत हुन्छ।ब्रेन ड्रेन,ब्रेन वास पछि ब्रेन हाईज्याक प्रयास नगर ।बरु खुल्ला समीक्षाका लागि पार्टीका फोरम तत्काल आयोजना गर।”

उनले म्याकाभेलियनवादीहरु मार्क्सवादमा फर्कनासाथ बिषय स्पष्ट र गतिशील हुने दाबी गर्दै यस्तो अवस्थामा पन्छनेहरूलाई “पेटीबुर्जुवा मात्र” भनेका छन्। बास्कोटाले थपेका छन्, “भौतिक आक्रमणले विचारको धरोहर ढल्दैन,मान्छेलाई मार्न सकिन्छ तर उस्को विचारलाई कदापि हराउन सकिदैन।”





