महान्याधिवक्तामा पहिलोपल्ट महिलालाई अवसर, वरिष्ठ अधिवक्ता सबिता भण्डारी नियुक्त

महान्यायाधिवक्तमा वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल नियुक्त भएकी छन् । आइतबार भण्डारीलाई राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा नियुक्त गरेको राष्ट्रपति भवनका प्रवक्ता प्रदीप कुमार कोइरालाले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

राष्ट्रपति पौडेलले भण्डारीलाई प्रधानमन्त्री सुशिला कोइरालाको सिफारिसमा नेपालको संविधानको १५७ धारा को उपधारा २ बमोजिम नयुक्त गरेको हुन् ।

सबिता शम्भु थापा बार अध्यक्ष भएका बेला कोषाध्यक्ष थिइन् । उनी वामपन्थी पृष्ठभूमिकी कानून व्यवसायी हुन् ।

नेपालको न्यायिक इतिहासमा पहिलोपल्ट २००९ सालमा महान्यायाधिवक्ता नियुक्त भएको देखिन्छ।

देशभकार सरकारी वकिलहरूको नेतृत्व गर्ने र सरकारका लागि कानुनी सल्लाह प्रदान गर्ने यस उच्च पदमा ७३ वर्षको इतिहासमा पहिलोपल्ट महिलाले अवसर पाएकी छन्। र, ३१ औँ महान्यायाधिवक्तामा सविता भण्डारी बराल नियुक्त भएकी छन्।

वरिष्ठ अधिवक्ता बराल नेपाली कानुनी इतिहासका पहिलो पुस्ताका कानुन व्यवसायी कृष्णप्रसाद भण्डारीकी छोरी पनि हुन्।

उनले यसअघि राष्ट्रिय सूचना आयोगको आयुक्त भएर पनि काम गरेकी छन्।