आज सुनको मूल्य सामान्य वृद्धि
काठमाडौँ/नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा १०० रुपैयाँले बढेको हो। सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार सुन तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएकामा सोमबार बढेर २ हजार ५७५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।






