साफ यू-१७ पुरुष च्याम्पियनसिप नेपाल र श्रीलंका खेल्दै
काठमाडौँ/साफ यू- १७ पुरुष च्याम्पियनसिपको उद्घाटन खेलमा आज नेपाल र श्रीलंका खेल्दै छन् ।
श्रीलंकाको रेसकोर्स अन्तर्राष्ट्रिय रंगशालामा हुने खेल नेपाली समय अनुसार ७: १५ देखि सुरु हुनेछ। समूह ए मा रहेको नेपालसँग आयोजक राष्ट्र श्रीलंका र बङ्गलादेश छन् ।
समूह बी मा भने भारत, पाकिस्तान, मालदिभ्स र भुटान रहेका छन्।यो प्रतियोगितामा कूल ७ टोलीले सहभागिता जनाउँदै छन्।






