कपिलवस्तुमा सर्पदंशबाट महिलाको मृत्यु
कपिलवस्तु / कपिलवस्तुको बाणगंगा नगरपालिका–६ गन्धर्व टोलमा सर्पको टोकाइबाट एक महिलाको मृत्यु भएको छ। आइतबार साँझ आफ्नै घरमा ३५ वर्षीया गोमा नेपालीलाई सर्पले टोकेको थियो।
गम्भीर अवस्थामा परेकी उनलाई उपचारका लागि गोरुसिङ्गेस्थित सर्पदंश उपचार केन्द्रतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको केन्द्रका व्यवस्थापक नवीन भण्डारीले जानकारी दिए।






