राष्ट्रिय शोक मनाउने गृहमन्त्रीस्तरीय निर्णय, मृतक परिवारलाई एक लाख काजकिरिया खर्च उपलब्ध गराउने

काठमाडौं/ सरकारले जेनजी आन्दोलनका मारिएकाहरुको सम्मानमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहण गरे लगत्तै उक्त निर्णय गरेका हुन् । यो निर्णयलाई अब मन्त्रिपरिषद्को बैठकबाट औपचारिकता दिइने भएको छ।

आन्दोलनमा मृतकका परिवारलाई एक लाख रूपैयाँको दरले किरिया खर्च दिने निर्णयपनि गृहमन्त्री अर्यालले गरेका छन् ।