संरचना जोगाउन खोज्दा ढुङ्गा खानुपर्यो, तर आज आतंककारी जत्तिकै व्यवहार भएको छः विवेक भट्टराई

 

राष्ट्रिय स्वतन्त्र पार्टी पनौती नगर सभापति विवेक भट्टराइले आफुमाथी आर्तककारी जत्तिकै व्यवहार गरेको भन्दै गुनासो गरेका छन् । आन्दोलनका क्रममा भौतिक संरचना तोडफोड र आगजनी नगर्न आग्रह गर्दा आफुले ढुंगा खानुपरेको समेत उनले बताए । पनौतीमा भएको आन्दोलनमा आफुले नेतृत्व नगरेको स्पष्ट पार्दै भट्टराईले आगजनी र तोडफोडको घटनामा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । यद्यपी आन्दोलनमा भट्टराइको सहभागिता र आगजनीको फोटो भिडियो लगायतका प्रमाण हामीसँग सुरक्षित छन् । यसअघि मदानी विटले प्रकाशन÷प्रशारण गरेको समाचार लिंक ( https://www.madanibeat.com/2025/09/14/79610/ https://www.facebook.com/share/v/16tYATn3EA/ ) फुटेर अस्थिपन्जर बनेको गाडिमा आन्दोलनको क्रममा उतेजनामा आयर आफुले बाटोमा बलिरहेको आगो टिपेर हाल्न पुगेँ र त्यो गलत गरेको कुरा मलाई महसुस पनि भएको उनको भनाई छ । त्यसपछी चोटले गर्दा अत्यन्तै पीडा हुन थालेपछि आन्दोलनमा सहभागी नहुने निर्णय गरि घर फर्कियको भन्दै उनले सो भन्दा अगाडी पछाडी घटेका कुनै पनि तोडफोड आगजनी लगायत घटनामा सहभगिता नरहेको जानकारी गराएका छन् । भिडको उक्साहटमा र आवेगमा आइ गरेको आफ्नो निर्णयले अत्यन्तै आत्मग्लानी भएको उनले बताए । यसबाट भोग्न पर्ने कार्यवाही भोग्न समेत आफु तयार रहेको उनले बताएका छन् ।
आन्दोलनबारे भट्टराइले के भने?

जेन जि आन्दोलनमा शुरुवाती समय देखि नै जेन जि कै नेतृत्वमा बिभिन्न सत्ता साझेदार तथा प्रतिपक्षी दलका साथिहरु सहित म सहभागी भएको हुँ । नगरपालिका फुटाउनु लाग्दा यो हाम्रो सार्वजनिक सम्पत्तिमा क्षती हुनु हुन्न भनेर रोक्ने पनि म लगायत साथिहरु नै थियौँ । रोक्ने क्रममा भिडले हानेको ढुङ्गा पनि लाग्यो जसको साक्षी नगर प्रहरी लगायत हुनुहुन्छ । भिड बसपार्क फर्केर मेरै सहभागितामा बनेको प्रहरी बिट फुटाउन लागे पछि मलाई सारै दुख लाग्यो र निस्केर चिया पसलतिर गएँ। त्यही चिया पसलमा हल्ला चल्यो शिव हुमागाइँको गाडी फुटाए भन्ने । त्यसपछी बसपार्कमा निस्केर हामि पुल बाट केही अगाडि सम्म हेर्न गयौँ ।  यो जुन भिडियो मेरो भाइरल भाको छ यसमा घर फुटाउन सडक सम्म ल्याउन मेरो कुनै हात छैन । फुटेर अस्थिपन्जर बनेको गाडिमा आन्दोलनको क्रममा उतेजनामा आयर मैले बाटोमा बलिरहेको आगो टिपेर हाल्न पुगेँ र त्यो गलत गरेको कुरा मलाई महसुस पनि भएको छ । त्यसपछी चोटले गर्दा अत्यन्तै पीडा हुन थालेपछि म आन्दोलन मा सहभागी नहुने निर्णय गरि घर फर्कियको र सो भन्दा अगाडी पछाडी घटेका कुनै पनि तोडफोड आगजनी लगायत घटनामा मेरो सहभगिता नरहेको कुरा जानकारी गराउन चाहान्छु । त्यो भन्दा बाहेक जम्मा १० देखि १५ सेकेन्ड मैले नारा लगाएँ होला, त्यो बाहेक विभिन्न मिडियामा आए जस्तो आन्दोलन को मैले नेतृत्व गरेको छैन । मैले कसैको घर जलाउन उक्साएको छैन कसैको घर जलाउँदा फुटाउँदा सहभागी पनि भएको छैन । ऐले म माथी जुन आरोप हरु लगाइएको छ त्यो आरोपहरु सत्य नभयकोहुँदा सायद कुनै राजनीतिक दल आवद्ध भयको कारण मलाई अनेक आरोप आयो । यो आन्दोलनको कमान्डर जलाउन उक्साउने जलाउन आफैँ जाने जस्ता जुन कुरा बाहिर आए यो सबै निराधार हुन भनी जानकारी गराउन चाहन्छु। सोहि समाचार लाई र हल्लालाई आधार मानी मेरो हिजोको अतीत सबै बिर्सेर मलाई आतंककारी जत्तिकै व्यवहार भएको छ । साथै बसपार्क मा तोडफोड भैसकेको गाडी नै भए पनि मैले जलाउन हुन्न थ्यो , भिडको उक्साहटमा र आवेसमा आइ गरेको मेरो निर्णयले मलाई आज अत्यन्तै आत्मग्लानी भएको छ, यसबाट भोग्न पर्ने कार्यवाही भोग्न समेत म तयार छु।
विवेक भट्टराई