‘आततायी’ घटनामा संलग्न पक्राउ, धुलिखेल नगर प्रमुख ब्याञ्जुको निवासमा आगजनी गर्नेहरुको शुरु भयो पहिचान
धुलिखेल/धुलिखेल, बनेपा, पनौती तथा आसपासका क्षेत्रमा भदौ २३ र २४ गते आन्दोलनका नाममा तोडफोड र आगजनी गर्ने ब्यक्तिहरुको धमाधम पहिचान हुने क्रम बढेको छ । ब्यक्तिगत रिसईवीका कारण गरिएका सार्वजनिक सम्पत्ति र ब्यक्तिगत सम्पत्ति माथीको क्षतिमा संलग्न आततायीहरुको पहिचानलाई तिब्र बनाईएको छ ।
धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको अरनिको राजमार्ग स्थित वडा नम्वर ६ मा रहेको निवासमा साँझको समयमा तोडफोड, लुटपाट र आगजनी गरिएको थियो । भाद्र २४ गते भएको उक्त घटना आततायी ढंगबाट ब्यक्तिहरु घर भित्रै राखेर आगो लगाईएको थियो । केहि भाग्न सफल भएका थिए भने केहिले आगलागी र तोडफोड हुन लागे पछि भागेर ज्यान जोगाएका थिए । घटनामा संलग्नहरुको पहिचान र उजुरी गर्ने क्रममा पहिलो चरणमा धुलिखेल ४ बस्दै आएका टिपर चालक महेन्द्र लामाको पहिचान भएको छ । उनको तस्विर सहित प्रहरीमा उजुरी गरिएको छ । उनी आक्रमणमा रहेको भिडियो र तस्विरहरुले पहिचान दिएका छन् । त्यस अघि धुलिखेलमा मिसन धुलिखेल, धुलिखेल सरोकार जस्ता सामाजिक सञ्जाल संचालन गर्ने ब्यक्तिहरुको पनि पहिचान गरिएको छ । उनिहरु नियोजित रुपमा नै नगर प्रमुख ब्याञ्जु माथी आक्रमण गर्ने योजनामा रहेको तथ्य खुलेको छ ।
त्यस्तै धुलिखेल ९ का शुशिल रानाभाट रहेका छन् । उनी जनप्रतिनिधका श्रीमान समेत हुन् । उनि ब्याञ्जुको घरमा तोडफोड र आगजनीमा प्रत्यक्ष संलग्न थिए । त्यस्तै धुलिखेल ३ घर भएका अजय लामा, धुलिखेल ८ घर भएका अनिल लामा, श्याम वाईवा लगायतको समुहको नामावली तस्विर र भिडियो सहित सार्वजनिक गरिएको छ । रिकेश टक्सारी, विजय खड्गी लगायतका ब्यक्तिहरुले पनि नगर प्रमुख ब्याञ्जुको घर आगजनीमा सहयोग गरेको देखिएको छ । ¥याम्पल स्याङतानले सामाजिक सञ्जाल मार्फत धम्कि दिएका छन् । चन्द्र लामा, रुपेश श्रेष्ठ, रञ्जित लामा लगायतको नाम सार्वजनिक भएको छ । भिडियो र सिसी क्यामेराको सहायतामा थप ब्यक्तिहरुको पहिचान गर्ने र उजुरी गर्ने क्रम शुरु गरिएको छ । नगर प्रमुख ब्याञ्जु आवास पुर्ण रुपमा ध्वस्त भएसँगै शरण लिएर बसेका छन् ।
घटनाको विरोध गर्दै धुलिखेल नगरपालिका भित्रका १२ वटै वडाका अध्यक्षहरुले संयुक्त विज्ञप्ती प्रकाशन गरी दोषिहरुको पहिचान र कडा कारवाहीको माग गरेका छन् । साथै नगरपालिकाले पनि घटनाको विरोध गर्दै दोषिको पहिचान सहित कारवाहीको माग गरेको छ ।






