म प्रत्यक्ष रुपमा संलग्न छैन
श्रीमान्, सम्पादक ज्यू
म सुसिल रानाभाटको धुलिखेल नगर प्रमुख अशोक ब्याञ्जुको घरमा भएको घटनामा कुनै पनि संलग्नता छैन । त्यस दिन म घटनास्थलमा उपस्थित नै थिइनँ । केही युवाको ज्यान जाने दुःखद घटनामा म शारीरिक रूपमा संलग्न थिएन, म केवल सामाजिक सञ्जाल र टेलिभिजन मार्फत घरमै बस्दै समाचार हेरेको थिएँ ।
म आन्दोलनमा उपस्थित भएर नारा बाजी गरेको कुरा स्वीकार्छु, तर मैले कुनै ढुङ्गा प्रहार गरेको छैन, न आगजनीमा संलग्न भएको छु । आगजनी भएको समयमै पनि म आफ्नो घरमा बसिरहेको प्रमाण मसँग उपलब्ध छ ।
त्यसै भएर, मलाई आगजनी वा हिंसात्मक गतिविधिसँग जोडेर समाचार सम्प्रेषण गर्नु पूर्णतया झुट्टा, आधारहीन र भ्रामक छ । साथै, यदि भविष्यमा मेरो वास्तविक संलग्नता प्रमाण सहित देखिएमा म सुसिल रानाभाट, त्यसको सम्पूर्ण जिम्मेवारी लिन तयार छु । बिना प्रमाण मेरो व्यक्तिगत जीवनमा हानि पु¥याउने समाचारलाई म दृढतापूर्वक खण्डन गर्दछु ।
सुसिल रानाभाट
(भाद्र २३ र २४ मा भएको आन्दोलनमा तपाई आफैले आन्दोलनमा सहभागि भएर नाराबाजी गरेको कुरा स्वीकार्नु भएको छ । अन्य घटनाका बारेमा तपाईले सामाजिक सञ्जाल मार्फत आन्दोलनमा तोडफोड र आगजनी गर्न उक्साएको तथ्य, प्रमाण सुरक्षित छ । तपाईका नाममा प्रहरी कार्यालयमा उजुरी परिसकेको छ । छानविनका क्रमममा गल्ति अनुसारको सजायँ हुने वा सफाई हुने कुरा तपशिलका कुरा हुन् । तपाईसँग कुनै ब्यक्तिगत सम्वन्धका आधारमा समाचार प्रकाशन भएको छैन । तपाई आफैले स्वीकार्नु थप प्रमाण हो । –संम्पादक)






