माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने

काठमाडौँ /नेकपा माओवादी केन्द्रले नयाँ पार्टी केन्द्रीय कार्यालय बनाउने भएको छ ।

जेन जेड आन्दोलनको क्रममा कोटेश्वर पेरिसडाँडामा आगजनी भएपछि माओवादी केन्द्रले नयाँ र भव्य केन्द्रीय कार्यालय बनाउने भएको हो ।

आज पार्टी केन्द्रीय कार्यालय अनुगमन गरेपछि ‘प्रचण्ड’ले यस्तो बताएका हुन् ।

उनले भने, ‘देशभरका कार्यकर्ताहरूको सहयोगमा नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ ।’

अवलोकनपछि उनले बैठकका माइन्युट, पुस्तकालय र केही कम्प्युटरहरू जोगिएको बताउँदै ती जोगाउन भूमिका खेलेका कर्मचारी र कार्यकर्ताहरूलाई धन्यवाद दिएका छन् ।