दशैंको अग्रिम टिकट बुकिङ यसपालि नखुलाउने निर्णय

काठमाडौँ / यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुल्ने भएको छ ।

यातायात व्यवस्था विभाग, यातायात व्यवसायी र ट्राफिक प्रहरीहरुबीच आज भएको छलफलमा यस वर्ष दशैंको लागि अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय गरेको हो ।

आन्दोलनपछि लगाएको कर्फ्यु हटेपछि तीन अघिदेखि टिकट काटेर सेवा सुरु भइसकेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने निर्णय भएको यातायात व्यवस्था विभागले जनाएको छ ।

विद्यालय स्कुल बन्द भइसकेकाले धेरै मानिसहरू घर जान थालेकाले यस वर्ष अग्रिम टिकट बुकिङ नखुलाउने सहमति भएको छ ।

यसपालि चाडपर्वमा यातायात सहज हुने बताइएको छ ।