आगजनी र तोडफोडका योजनाकार अनि उक्साहटमा संलग्नहरु
धुलिखेल/काभ्रेपलाञ्चोक जिल्लामा ब्यक्तिगत तथा सरकारी सम्पत्तिमा अरबौको क्षति पुगेको छ । ब्यक्तिका सम्पत्तिहरुमा छानी छानी योजनाबद्ध आक्रमण गर्नेहरुको सूची लामै छ । तर पनि प्राप्त तथ्यांक र सुचनाका आधारमा केहि तथ्यहरु सार्वजनिक भएका छन् । जुन हामीले यहाँ प्रकाशन गरेका छौं ।
काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल सदरमुकाममा एमाले काभ्रेका पुर्व अध्यक्ष एवं बागमती प्रदेश सदस्य, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जुको घरमा तोडफोड, लुटपाट र आगजनी गरिएको छ । आगजनी गर्नु अघि धुलिखेलको सरस्वती बजारमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा केहि ब्यक्तिले नगर प्रमुख अशोक ब्याञ्जु विरुद्ध नाराबाजी गरेका थिए । नाराबाजी गर्नेहरुमा शुशिल रानाभाट प्रमुख थिए । उनले अशोक ब्याञ्जु विरुद्ध नाराबाजी गरेको स्विकारेका छन् । त्यो भिडियोमा पनि प्रस्टै सुन्न सकिन्छ । उनि लगायतका केहि युवाहरु नियोजित रुपमा नै अशोक ब्याञ्जु विरुद्ध खनिएका थिए । तथ्यहरुले पुष्टी गरिसकेको स्थानीयहरुले बताएका छन् । नेपाली काँग्रेसको धुलिखेल नगर कमिटीमा विष्ट आवद्ध छन् । उनको श्रीमती सोनी विष्ट रानाभाट धुलिखेल नगरपालिका वडा नम्वर ९ को वडा सदस्यमा निर्वाचित छन् । । नेपाली काँग्रेसबाट निर्वाचित उनी र उनका परिवार राजनीतिक रुपमा नेकपा एमाले र तिनका नेता कार्यकर्ता विरुद्ध सक्रिय थिए । आफ्नो घर जोगाएर अरुको घर जलाउन उक्साउने विष्ट विरुद्ध जाहेरी दर्ता भएको छ । उनी आफैले जुलुसमा सहभागि भएको, नारावाजी गरेको स्विकारेका छन् ।
अर्का युवा थिए धुलिखेल ८ का निरोज पुरी । उनि हरेक युवाहरुलाई नगर प्रमुखको घरमा आगो झोस्न बाध्य बनाउँदै थिए । उकास्दै थिए । सामाजिक सञ्जालमा पनि उनि उक्साईरहेका थिए । अर्का युवा हरि रानाभाट । उनि पनि सरस्वती बजारमा नगर प्रमुख विरुद्ध नाराबाजी गरिरहेका थिए । दिउसै नगर प्रमुख ब्याञ्जुको घर धुलिखेल ६ स्थित अरनिको राजमार्गमा लगेर तिनै युवाहरुले आन्दोलनकारीलाई देखाएका थिए । अर्का युवा हुन् इश्वर श्रेष्ठ । उनि स्मीना भोजनालय चलाउछन् । नगर प्रमुखको घरमा तरकारीको क्रेट थपि थपि आगो झोसेको तस्विर र भिडियोमा इश्वरलाई प्रश्ट देख्न सकिन्छ । अन्य जिल्ला घर घई धुलिखेल ४ छापगाउँमा बस्ने टिपर चालक महेन्द्र लामा र चन्द्र लामा सामाजिक सञ्जाल र ब्यक्तिगत रुपमा समेत नगर प्रमुख ब्याञ्जुको घर जलाउन उक्साउनेहरु हुन् । महेन्द्र लामाले त घर जलिसके पछि पनि नगर प्रमुख ब्याञ्जुलाई समेत भित्रै राखेर जलाउनु पर्ने स्टाटस लेखेका छन् ।
अर्काे सामाजिक सञ्जाल नेपाली काँग्रेस धुलिखेल नगर समितिका केहि पदाधिकारीहरुले चलाउने गर्छन जुन मिसन धुलिखेल । जसबाट प्रत्येक एक एक घण्टामा आन्दोलनको दिन नगर प्रमुख ब्याञ्जुको घर जलाउन र ब्याञ्जुलाई आक्रमण गर्न उक्साईरहेका थिए । अहिले त्यो डिएक्टिभ छ तर कसले चलाउँछ भन्ने प्रमाण प्रहरीले संकलन गरिसकेको छ । नेपाली काँग्रेसका केहि नेताहरु शुरु देखि नै नगर प्रमुख अशोक ब्याञ्जु विरुद्ध फेक आईडी मार्फत चरित्र हत्यामा संलग्न हुँदै आएको तथ्य खुलिसकेको छ । अनैतिक र अपराधिक कृयाकलापमा संलग्न हुन ति नेताहरु फेक आईडीको प्रयोग गर्थे । जो नगरपालिकाको जनहितको निर्णय विरुद्ध थिए । ब्यक्तिगत स्वार्थ पुरा नहुँदा नगर प्रमुख माथी एकोहोरो प्रहार गरिरहन्थे । उनिहरुको पनि पहिचान भएको छ ।
अर्का हुन सामाजिक सञ्जाल प्रयोगकर्ता ¥याम्पल स्याङतान । उनले प्रत्येक पटक नगर प्रमुख ब्याञ्जुलाई झुण्डाउनु पर्ने भन्दै स्टाटस लेखिरहन्थे । उनको स्टाटसलाई लाईक, कमेन्ट र शेयर पनि तिनिहरुले नै गरिरहेका हुन्थे जो धुलिखेलबाट विभिन्न समयमा फाईदा मात्रै लिईरहेका हुन्थे । रञ्जित लामा । जसले भिड उत्तेजित बनाउन सामाजिक सञ्जालमा पटक पटक कमेन्ट र स्टाटस लेखिरहेका हुन्थे । उनले पनि ¥याम्पल स्याङतानले लेखेका स्टाटसहरु शेयर गरिरहेका हुन्थे । धुलिखेल ८ का श्याम वाईवा, अनिल लामा, धुलिखेल ३ का अजय लामा, धुलिखेल सरोकार, विजय खड्गीहरु पनि लुटपाट, तोडफोड, आगजनीमा संलग्न भएका थिए । अन्यको पहिचान धमाधम भईरहेको छ । प्रहरीले केहिलाई पक्राउ गरिसकेको छ । अन्यको खोजी भईरहेको छ ।
अपराधमा संलग्नहरु नाम र तस्विर सार्वजनिक हुन थाले पछि राजनीतिक दलको आडमा बचावटको प्रयत्न गरिरहेका छन् ।






