आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन

by | अशोज १, २०८२

आजदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन

यसवर्षको मनसुन शुरु भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाइएको बीपी राजमार्ग आजदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा बसेको सुरक्षा समितिको पछिल्लो बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँ तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक आज असोज १ गतेदेखि २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको थियो ।

यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम खुला गर्ने निर्णय गरिएको समितिले जनाएको छ । बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

बीपी राजमार्गअन्तर्गतको काभ्रे धुलिखेलबाट सिन्धुलीको सिमाना नेपालथोकसम्म रातमा १२ घण्टासम्म यातायात सञ्चालनमा रोक लगाइएको थियो । गएको वर्ष असोज १०, ११ र १२ को बाढीपहिरोले बिपी राजमार्ग क्षतिग्रस्त बनेको थियो । पूर्वी नेपाल जोड्ने छोटो दूरीका रूपमा रहेको यो राजमार्गबाट दैनिक हजारौँ गाडी ओहोरदोहोर गर्छन् ।