आज सुन १ हजार र चाँदी ४५ रुपैयाँले घट्यो

काठमाडौं /सुनको मूल्य आज तोलामा एक हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलाको दुई लाख १६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो भने यो मूल्य इतिहासकै उच्च स्तर दुई लाख १७ हजार एक सय रुपैयाँ पुगेको थियो ।

यसैगरी, चाँदीको भाउ पनि घटेर आज तोलामा दुई हजार पाँच सय ५० रुपैयाँ पुगेको छ, जुन हिजोको दुई हजार पाँच सय ९५ रुपैयाँभन्दा ४५ रुपैयाँ कम हो ।